माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

-


     नयाँ लिपि    
     फागुन ८ गते २०७९ मा प्रकाशित


नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ ।

सत्तारुढ एमाले भने पुस १० को सहमति अनुसार एमालेको राष्ट्रपति हुनुपर्ने अडानमा छ । यसैबीच राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे माओवादीको बैठक बसेको हो ।

फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।