यति एयरलाइन्सको जहाज पाेखरामा दुर्घटना

-


     नयाँ लिपि    
     माघ १ गते २०७९ मा प्रकाशित


काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए। उक्त दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएर आगाे लागेकाे जहाजबाट केही जलेकाे शव बाहिर निकालिएको छ।