प्रमुख समाचार

कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति

काठमाडौं, फागुन १२ गते। सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो।  ‘बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ’, नेता ज्वालाले पत्रकारसँग भन्नुभयो।  नेता ज्वालाका अनुसार शुक्रबार साँझ बसेको बैठकमा राष्ट्रपति सम्बन्धको एउटा मात्र एजेन्डामा छलफल भएको हो । उहाँले भन्नुभयो, ‘‘यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग… पुरा पढौ

चन्द्र भण्डारीलाई शुक्रबारबाट ठोस खाना खुवाइने

काठमाडौं, फागुन ११ गते । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ ।  कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइँदै आइएकोमा भोलिबाट ठोस खाना दिइने जानकारी दिनुभयो ।   कँडेलले सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको र सबै पारामिटर (मानक)हरु सामान्य रहेको बताउनुभयो ।   भण्डारीलाई कम्तीमा २१ दिनसम्म ब्याण्डेजमा रहनुपर्ने हुँदा इन्फेक्सन हुने सम्भावना भएकाले शुभचिन्तकलाई तत्काल भेटघाट नगर्न उपचारमा संलग्न चिकित्सकको सुझाव रहेकने भनाइ छ ।  नेता भण्डारीको… पुरा पढौ

व्यवस्थित रूपमा संसद् चलाउनेछु

स्याङ्जा, फागुन ९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो ।  हिजो कसले के गर्‍यो त्यसप्रति आफूलाई कुनै चासो नरहेको बताउँदै आफू हिजो जुन राजनीतिक दलमा रहे पनि अहिले स्वतन्त्र भएकाले तटस्थ रहेर काम गर्ने बताउनुभयो ।  बेरोजगारलाई रोजगार दिने गरी ऐन बनाउने बताउँदै सभामुख घिमिरेले युवा बिदेसिनबाट रोक्नु पर्ने बताउनुभयो ।  कार्यक्रममा प्रदेश सभा… पुरा पढौ

आईसीसी लिग–२ : नेपाल चारै खेलमा विजयी

काठमाडौं, फागुन ९ गते । कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गरेपछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हरायो । सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।   नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नामिबियालाई तीन-तीन विकेटले पराजित गरेको थियो । जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा आठ विकेटको क्षतिमा… पुरा पढौ

नेपाललाई स्कटल्यान्डको दुई सय १३ रनको लक्ष्य

९ फागुन २०७९, मङ्गलबार काठमाडौं, फागुन ९ गते । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो । आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले… पुरा पढौ

चौथो अध्यक्ष कप शुरु

पोखरा, फागुन ९ गते । कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।पालिकामा खेलकुदका बिकास गर्ने उदेश्य आयोजना गरिएको अध्यक्ष कपमा १९÷१९ स्वर्ण, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । पालिकाका सात वडाका ६४४ जना खेलाडी प्रतियोगिता दुई दिन संचालन हुने थापाले बताउनुभयो ।प्रतियागिताको संघिय सभामुख देबराज घिमिरेले उद्घाटन गर्नु भएको… पुरा पढौ

प्रधानमन्त्रीसँग महावीर पुनको भेट

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ।आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो।“वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन” उहाँले भन्नुभयो, “नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।”वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो। “अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो… पुरा पढौ

साउदी जेलमा भएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

९ फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गर्नुभएको हो। सोक्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्कालन पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभएको छ।भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित… पुरा पढौ

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौं, फागुन ८ गते । नेकपा ९माओवादी केन्द्र० को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिनुभएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महराले भन्नुभयो, “आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्यो । बैठकमा एउटा मात्रै एजेण्डा थियो, त्यो भनेको आगामी राष्ट्रपति चुनावका सन्दर्भमा के गर्ने भन्ने थियो । त्यो विषयमा अध्यक्ष कमरेड प्रचण्डले समग्र परिस्थितिको… पुरा पढौ

स्याङ्जामा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभन्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए । ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो । चालक सुनारको टाउको… पुरा पढौ