साहित्य

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस २०८१ को अवसरमा “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका ” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयहरुका कक्षा ८,९र १० का २९ विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा जनप्रकाश मा विकी अनुसा काफ्ले दास्रो डायमण्ड कै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल… पुरा पढौ

गण्डकीमा मन्त्रालयको सङ्ख्या नबढाउने पक्षमा एमाले

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ुगण्डकी दर्पणको विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताए । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पारे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उनको सङ्केत थियो । केन्द्रीय… पुरा पढौ

बबि ब्यूटीसैलुन द्वारा विद्यार्थीलाई छात्रवृत्ति

पोखरा । पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारी कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी पोखरा १० कुँडहरमा रहेको कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थी लाई छात्रवृत्ति र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा प्रदान गरेको हो । छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै विद्यालयका प्रध्यानाध्यापक नन्द किशोर बरालले कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति प्रदान… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

पोखरा । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत… पुरा पढौ

भरतपुर महानगरले वितरण ग¥यो १ करोड कृषि अनुदान

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो । उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने… पुरा पढौ

गार्डेन दर्पण लोकार्पण

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आवधिक प्रकाशन गार्डेन दर्पण एक समारोहका बीच लोकार्पण गरिएको छ । दर्पणको लायन वर्ष २०२३÷२४ का जोन २८ का चियर पर्सन पूर्णमान लालचन, क्लब अध्यक्ष तुलबहादुर रानाभाट, समाजसेवी यमबहादुर गुरुङ, रमा पराशर र इलेक्ट अध्यक्ष ई. सुजित बिजुक्छेले संयुक्तरूपमा लोकापर्ण गरे । कार्यक्रमका प्रमुख अतिथि पूर्णमान लालचनले क्लबका गतिविधिसहित प्रकाशित गरेको गार्डेन दर्पणलाई आफ्नो कार्यकालको महत्वपूर्ण प्राप्तिका रूपमा लिएको बताए । उनले सेन्ट्रल गार्डेनले गरेका नमूना कार्यबाट आफू निकै प्रभावित भएको धारणासमेत… पुरा पढौ

आलोक गुरुङलाई ललितकला पुरस्कार

ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई २ वर्षमा प्रदान गर्ने यो पुरस्कारको राशि वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालन गरेका हुन् । आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार हुुन् । गुरुङले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुईव्यत्ति m(दुर्गा… पुरा पढौ

नाटक निर्देशन सिकाइँदै

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण… पुरा पढौ

हरिदेवी कोइरालालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

शुक्रबार पोखरामा हुने ‘नेसनल गण्डकी म्युजिक अवार्ड २०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक, स्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् । नेसनल गण्डकी… पुरा पढौ

गीत

सिन्दूरले मात्रै गास्दैन, नाता मायाले गास्ने होचर्काइ हियार म कतिन्जेल रोएर बाच्ने हो ? सम्झेर ल्याउदा झन् आज भोलि दुख्दै छ जीवनसक्दिनँ तोड्न खै किन किन नाताको बन्धनन बाबा भने न आमा भने तिमिलाई भनेरचाहना सबै नपुग्दो रैछ जून तारा गनेर सम्झेर ल्याउदा लाएको तिम्ले केही गुन छैन नित्यै पनि किन सक्दिनँ भन्न म तिम्रो हैन निरमाउदै होलान् खुसीमा नाच्दै सहेली ती साथीसबैको देख्दा कल्पिन्छ मन तड्पिन्छ यो छाती । पुरा पढौ