गीत

-


     सुरज उपाध्याय     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


सिन्दूरले मात्रै गास्दैन, नाता मायाले गास्ने हो
चर्काइ हियार म कतिन्जेल रोएर बाच्ने हो ?

सम्झेर ल्याउदा झन् आज भोलि दुख्दै छ जीवन
सक्दिनँ तोड्न खै किन किन नाताको बन्धन
न बाबा भने न आमा भने तिमिलाई भनेर
चाहना सबै नपुग्दो रैछ जून तारा गनेर

सम्झेर ल्याउदा लाएको तिम्ले केही गुन छैन नि
त्यै पनि किन सक्दिनँ भन्न म तिम्रो हैन नि
रमाउदै होलान् खुसीमा नाच्दै सहेली ती साथी
सबैको देख्दा कल्पिन्छ मन तड्पिन्छ यो छाती ।