आलोक गुरुङलाई ललितकला पुरस्कार

-


     नयाँ लिपि    
     जेठ ३१ गते २०७९ मा प्रकाशित


ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई २ वर्षमा प्रदान गर्ने यो पुरस्कारको राशि वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालन गरेका हुन् ।

आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार हुुन् । गुरुङले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुईव्यत्ति m(दुर्गा बराल–गोपाल श्रेष्ठ) तथा सामूहिक कलाकार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँमा उनले कला प्रदर्शनी गरिसकेका छन् ।

गुरुङको अर्को बिषेशता भनेको लाइभ डेमोस्ट्रेसन हो । उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसकेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिए ।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भुर्तेल, सरोजा खड्की, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् । असार ४ गते शनिबार हुने समारोहमा नगद, ताम्रपत्र र दोसल्लासहित उनलाई पुरस्कृत गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।