स्याङ्जा

पहिरोको बितण्डा : स्याङ्जामा ४ जनाको ज्यान गयो

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका ६ मा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ । ईश्वरी लम्सालको घरमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । जसमा विरुवा गाउँपालिका ६ लामाखेतका ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ७१ वर्षिय माधब शर्माको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्याङ्जा कै आधीखोला गाउँपालिका ४ सेपत भन्ने ठाउँमा पर्वत फलेबास नगरपालिका १ का ४० वर्षिय झलक पौडेललाई खोलाले बगाई ल्याएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

पहिरोले कतै मानिसको मृत्यु कतै घरै बगायो

पोखरा । शुक्रबार देखि परेको अविरल वर्षाको कारण गण्डकी प्रदेशको विभिन्न ठाउँमा क्षति पुर्याएको छ । शुक्रबार देखि परेको वर्षाको कारण स्याङ्जा जिल्लाको फेदीखोला गाऊँपालिका – ५ बाँगे स्थित दुर्गा जि.टी.को ढुङगा माटो र टिनले छाएको १ तले घर पूर्णरुपमा क्षति पुगेको छ । उनको घर र गोठ करिब २०/२५ मिटर माथिबाट आएको पहिरोमा परि क्षति भएको प्रहरीले जनाएको छ । शनिबार २ः३० बजे उद्धारको लागि घटना स्थलमा पुग्दा अन्दाजी ३१ वर्षको दुर्गा जि.टी र उनकी ३ वर्षिया छोरी निसिका… पुरा पढौ

राष्ट्रिय सहमति अहिलेको खाँचो

स्याङ्जा समाचारदातास्याङ्जा, असार १ गते । नेकपा माओबादी केन्द्रका महासचिब देब प्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो रहेको बताउनु भएको छ ।नेकपा माओबादी केन्द्र स्याङ्जाले अयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको बिकल्प नरहेको बताउनुभयो ।प्रचण्डको नेतृत्वमा एमाले बाहेकका कम्युनिष्ट एक ठाउँ हुन थालेको बताउदै महासचिब गुरुङले कम्युनिष्ट एक ठाउँ भएपछि गैर कम्युनिष्टलाई गोलबन्द गराउन सहज हुने बताउनुभयो ।केपी ओलीको सोच र चिन्तनका कारण नेपालको कम्युनिष्ट आन्दोलन धरासायी भएको उहाँको भनाई थियो ।केपी… पुरा पढौ

चौथो अध्यक्ष कपमा वडा नं ५ लाई उपाधि

स्याङजा, फागुन ११ गते । कालिगण्डकी गाउँपालिकाले वडा नं ७ मिर्मीमा गरेको चौथो अध्यक्ष कप तजा बृहत खेलकुद महोत्सबमा वडा नं ५ ले उपाधि जितेको छ । वडा नं ५ ले पाचँ स्वर्ण र पाचँ रजत पदक हात पार्दै पहिलो बनेको हो ।यस्तै पाचै स्वर्ण जितेको वडा नं ७ ले एक रजत र पाचँ कास्य सहित दोेस्रो, तेस्रो भएको वडा नं १ ले चार स्वर्ण, एक रजत र छ कास्य जितेको हो । वडा नं ३ ले तीन स्वर्ण, एक… पुरा पढौ

व्यवस्थित रूपमा संसद् चलाउनेछु

स्याङ्जा, फागुन ९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो ।  हिजो कसले के गर्‍यो त्यसप्रति आफूलाई कुनै चासो नरहेको बताउँदै आफू हिजो जुन राजनीतिक दलमा रहे पनि अहिले स्वतन्त्र भएकाले तटस्थ रहेर काम गर्ने बताउनुभयो ।  बेरोजगारलाई रोजगार दिने गरी ऐन बनाउने बताउँदै सभामुख घिमिरेले युवा बिदेसिनबाट रोक्नु पर्ने बताउनुभयो ।  कार्यक्रममा प्रदेश सभा… पुरा पढौ

चौथो अध्यक्ष कप शुरु

पोखरा, फागुन ९ गते । कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । मिर्मीमा रहेको खेलमैदानमा फुटबल, भलिबल, टेबल टेनीस, ब्याडमिन्टन महिला तथा पुरुष र क्रिकेट पुरुष हुने छन् ।पालिकामा खेलकुदका बिकास गर्ने उदेश्य आयोजना गरिएको अध्यक्ष कपमा १९÷१९ स्वर्ण, रजत र कास्यमा हुने प्रतिस्पर्धा हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । पालिकाका सात वडाका ६४४ जना खेलाडी प्रतियोगिता दुई दिन संचालन हुने थापाले बताउनुभयो ।प्रतियागिताको संघिय सभामुख देबराज घिमिरेले उद्घाटन गर्नु भएको… पुरा पढौ

स्याङ्जामा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभन्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए । ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो । चालक सुनारको टाउको… पुरा पढौ

कालीगण्डकीबासीलाई सित्तैमा बिजुली

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैंले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि ६÷६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत गाउँपालिकावासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैले ब्यहोर्दै आएको हो… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ