मुख्य सडक जाेड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने थापाको प्रतिबद्धता
कात्तिक ३०, पोखरा ।गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् ।उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे ।बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र…
पुरा पढौ
विपक्षीको कुप्रचारबाट कोही पनि भ्रमित नहुनुहोला उमेदवार बराल।
गण्डकी प्रदेशका अर्थमन्त्री तथा माओवादीबाट कास्की–३ गठबन्धनका उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ ले लिएको ऋण चुक्ता गरी कालोसूचीबाट हटिसकेको पाइएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् ५० लाख रूपैयाँ लिएर उनी संलग्न गण्डकी सञ्चार सहकारी संस्थाले अहिलेसम्म नबुझाएको र बरालको नामसमेत कालोसूचीमा रहेको दाबी गर्दै उम्मेदवारी खारेजीको मागसहित कास्कीकोटका बोधराज रेग्मीले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीबारे मिडियामा समाचार आएपछि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले आयोगलाई पत्राचार गरेको छ । पत्रमा मन्त्री बराल कर्जाको दायित्वबाट मुक्त…
पुरा पढौ
मुटु अस्पताल निर्माणमा पहल गर्छु :थापा
कात्तिक २९, पोखरा ।गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् ।गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए ।घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका…
पुरा पढौ
अधुरा योजना पुरा गर्ने जिम्मा गठबन्धनको– बराल
पोखरा, २९ कात्तिक आगामी मंसिर चार गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उनले निर्माण सम्पन्न हुन लागेका योजनाहरु पुरा हुन गठबन्धनले जित्नुपर्ने बताए । उनले पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले…
पुरा पढौ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने बताएकाे छ। आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले आफ्नाे प्रेस विज्ञप्ति मार्फत बताएको हाे । यस्तै पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ ।
पुरा पढौ
प्रचण्ड पुगे हिमालपारिको गाउँमा
गोरखा, कार्तिक २७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज (आइतबार) हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोला पुगेका छन्। गोरखाको क्षेत्र नं. १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गरे। गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधानविरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिए। अध्यक्ष प्रचण्डले अहिले संविधान…
पुरा पढौ
दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने
पोखरा महानगरपालिकाको आर्थिक सहयोग र साइकल सिटी पोखराको आयोजनामा दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । आइतबार साइकल सिटी पोखरालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताको झन्डा हस्तान्तरण गर्दै साइकल दौड प्रतियोगिताको मिति समेत घोषणा गर्नुभयो । जसअनुसार पौष ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता, पौष ७ गते बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली र पौष ९ गते पोखराका मुख्य क्षेत्रमा वृहद साइकल र्याली गरिनेछ । पोखराको रानीवनमा हुने दोस्रो राष्ट्रिय…
पुरा पढौ
काहुँडाँडामा गुरुयोजना सहितको विकास ल्याउछु ः थापा
कात्तिक २७, पोखरा ।गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् ।गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् ।थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश…
पुरा पढौ
पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गछौंः उम्मेदवार बराल र भण्डारी
पोखरा २३, कार्तिक पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गर्ने बताएका छन् । चुनावको प्रचार अभियान अन्तर्गत बुधबार पोखरा २ स्थित विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुदै उमेदवार बराल र भण्डारीले पोखराको प्राचिन (पुरानो) घरहरु पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकोले त्यसको संरक्षण गर्ने बताएका हुन् । पोखराको पुरानो बस्तीको रुपमा रहेको विन्ध्यवासिनी, मोहोरीयाटोल,…
पुरा पढौ
पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन
पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर चार गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा रहेका उनीहरूले यस्तो बताएका हुन् । कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई सिङ्गो गण्डकी प्रदेश कै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास…
पुरा पढौ