पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गछौंः उम्मेदवार बराल र भण्डारी

-


     नयाँ लिपि    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित


पोखरा २३, कार्तिक

पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गर्ने बताएका छन् । चुनावको प्रचार अभियान अन्तर्गत बुधबार पोखरा २ स्थित विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुदै उमेदवार बराल र भण्डारीले पोखराको प्राचिन (पुरानो) घरहरु पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकोले त्यसको संरक्षण गर्ने बताएका हुन् ।

पोखराको पुरानो बस्तीको रुपमा रहेको विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख क्षेत्रको सडक समेत स्तरोउन्नती गर्न स्थानियले उमेदवार समक्ष माग गरे । स्थानीयको सहकार्यमा पोखराको सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्न आफुहरु कटिवद्ध भएको उमेदवारहरुले बताए ।

मुलुकमा राजनीतिक स्थायित्व विना आर्थिक विकास र समृद्धि नहुने उमेदवार बरालले बताए । संविधान रक्षाको लागि हाल पाँच दलीय गठबन्धन आवश्यक भएको हौचित्य जनता सामु प्रष्ट पार्दै उनले देशमा आर्थिक विकास र समृद्धिको लागि पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई जिताउन आवश्यक भएको उमेदवार बरालले जनाए ।

प्रदेश सभाका उमेदवार भण्डारीले प्रतिगमन र अग्रगमन बिरुद्धको निर्वाचन भएकोले गठबन्धनको जित आवश्यक भएको बताए । यसपालीको निर्वाचनमा अग्रगमनको जित भए देशमा संविधानको रक्षा सहित शान्ति र समृद्धि हुने उनको भनाई छ । उमेदवार बराल र भण्डारीले नेपाली काँग्रेसका लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यारोपण समेत गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली काग्रेंसकी नेतृ शारदा पौडेल लगायतका नेता तथा कार्यकर्याको सहभागिता रहेको थियो । पोखरा २ र पोखरा ३ क्षेत्रमा बुधबार घरदैलो कार्यक्रम भएको थियो ।

यसैबिच, पाँच दलीय गठबन्धन पोखरा ३ को सम्पर्क कार्यालयको उमेदवार बरालले उद्घाटन गरेको नेपाली काँग्रेस वडा इकाई समिति ३ का उपसभापति मनोज शिल्पकारले बताए ।