२२ औं संस्करणको आहा! रारा गोल्डकप पुष १२ गते देखि २३ सम्म ।

-


     नयाँ लिपि    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित


आहा ! रारा गाेल्डकप फुटबल प्रतियाेगिताकाे २२ ओैँ संस्करण आगामी पुसमा हुनेभएको छ । आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराले बिहिबार एक विज्ञप्ती जारी गर्दै सो बारे जानकारी दिएको हो । क्लवका महासचिव रामजी प्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्याराभान गोल्ड कप सहितलाई यो वर्षबाट समावेश गरिएको जनाइएको छ । यस अघि क्याराभान कपलाई आहा राराको संस्करणमा समावेश गरिएको थिएन ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछन् ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।