आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा ।

-


     नयाँ लिपि    
     पौष १२ गते २०७९ मा प्रकाशित


सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखी २३ गतेसम्म आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अहिले तयारी पूरा भएको छ ।

२२ औँ संस्करणकाे रूपमा हुनलागेको उक्त प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । 
नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटानिज युथ स्पोर्टस क्लब अमेरिका, नेपाल प्रहरी फुटबल क्लब, संकटा क्लब र आयोजक सहारा क्लब सहभागी हुनेछन् । मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले उद्घाटन खेलमा धरान र सहारा क्लब खेल्ने जानकारी दिएको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथ क्लबको आयोजनामा २२ औं संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ ।