कास्की

श्रीमदवीतक चर्चा संगै महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण

पोखरा । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनका बीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने भक्तजनहरुलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको आयोजनामा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ७५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा वोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले महिलाहरुको पाठेघरको क्यान्सर हुनु अगावै पाठेघरको मुखको… पुरा पढौ

स्थानिय प्रशासनले संघसंस्थासंग सहकार्य गर्छ : प्रजिअ पाण्डे

पोखरा । स्थानिय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले समाज सेवाका क्षेत्रमा लायन्स लगायतका संघ संस्थासंग सहकार्य गरेर अगाडी बढ्न स्थानिय प्रशासन तयार रहेको बताएका छन ।लायन्स क्लव अफ पोखरा अन्नपूर्ण सहितका तीन वटा क्लवले आयोजना गरेको संयुक्त पदस्थापन समारोहको प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै प्रजिअ पाण्डेले दैविबिपक्ति लगायत समाज सेवामा सक्रिय लायन्ससंगको सहकार्यमा सामाजिक कार्य गर्न स्थानिय प्रशासन तयार रहेको बताएका हुन् । उनले बाढीपहिरो, भूकम्प, कोभिड संक्रमण लगायत विभिन्न आकस्मिकरुपमा हुने दैविप्रकोपमा लायन्स क्लवहरुले गरेको सहयोगको प्रशंसा गरे… पुरा पढौ

सर्वेश्वर–पराजुली मार्गमा ‘दशैं उत्सव’ कार्यक्रम गरिने

पोखरा । पोखराको सबैभन्दा सस्तो र ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा दशैं उत्सव कार्यक्रम गरिने भएको छ । चीन, भारत, थाइल्याण्डलगायतका देशबाट सिधै सामान ल्याएर काठमाडौं भन्दा सस्तो मूल्यमा होलसेल सामान बिक्री गर्दै आएका सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरु लक्षित गरेर ‘दशैं उत्सव’ कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी स्वरुप समितिले शुक्रबार साँझ स्थानिय व्यवसायीसँग छलफल तथा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा दशैं उत्सवसँगै व्यापार प्रवद्र्धनका लागि… पुरा पढौ

फेवातालमा डुबेर एक बालकको ज्यान गयो

पोखरा । पोखराको फेवातालमा डुवेको अवस्थामा एक बालकको शब फेला परेको छ । मृत भेटिएको बालक पर्वत जिल्ला फलेबास नगरपालिका २ थापाठाना पतेहार घर भइ हाल पोखरा ७ अन्नपूर्ण टोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव क्षेत्री भएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार फेवातालमा डुबेरको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र गण्डकी प्रदेश प्रहरी गण पोखरा तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर, मालेपाटनबाट समेत संयुक्त रेस्क्यु टोली उद्धारमा खटिएकोमा दिउँसो ४ बजेर ३० मिनेटमा… पुरा पढौ

तमु धिं नेपाल माछापुच्छ्रेमा दुर्गा गुरुङ

पोखरा । तमु समुदायको पुरानो एवम अग्रणी संस्था तमु धिं नेपाल माछापुच्छ्रे गाउँ पालिका भेलाले दुर्गाबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय आयोजक समिती गठन गरेको छ । संघीय संरचना अनुसार संस्थाको संरचना बिस्तार गर्ने उद्देश्यले आयोजित संस्थागत एवम सामाजिक क्षेत्रका अगुवाहरुको भेलाले आयोजक समितिको सचिवमा प्रचण्डशक्ती गुरुङ, सदस्यहरुमा अनुप गुरुङ, सन्दिका गुरुङ, अमुल प्रसाद गुरुङ , चिज बहादुर गुरुङ, राजु गुरुङ, राकेस गुरुङ, दानबहादुर गुरुङ, बिश्वास गुरुङ र अनिस गुरुङ रहनुभएको छ । गठित आयोजक समितिले मंसिर मसान्तभित्र बृहत् कार्यक्रम आयोजना… पुरा पढौ

पोखरा ८ मा डेंगी खोज र नष्ट गर अभियान

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८ उपशाखाको व्यवस्थापन र ने.रे.सो. कास्की शाखा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, मालेपाटनको समन्वयमा डेंगी रोग संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम खोज र नष्ट गर अभियान पो.म.न.पा. वडा नं. ८ मा संचालन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीका अनुसार भाद्र ५ गते सम्म कास्कीमा कुल ९७९ जनामा डेंगी संक्रमण देखिएको जसमा २ जनाको मृत्यू समेत भइसकेको र सबैभन्दा धेरै संक्रमित भएको वडामा पो.म.न.पा. वडा… पुरा पढौ

पोखरामा हुने ताया माचा नृत्य प्रतियोगिताको तयारी पुरा

पोखरा । पोखरामा भोली ( शनिबार) हुने  ताया मचा नृत्य प्रतियोगिता २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम तयामचा यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा २८ वटा टोलीको सहभागीता रहने र ती सबै टोलीहरुलाई नाच प्रस्तुतीको समय निर्धारण गरेर बोलाईसकिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए । प्रतियोगीता गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा भोली विहान ८ बजेबाट सुरु हुने छ । यसअघि गत साउन २५… पुरा पढौ

समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्‍याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिनुभएको छ ।  पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को शुक्रबार उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिनुभएको हो ।  जेसीजले गर्विलो इतिहास निर्माण गर्दै युवाहरुको चम्किलो भविष्यको मार्ग कोर्ने क्रममा यस वर्ष स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा उनले शुभकामना पनि व्यक्त गर्नुभयो ।  प्रदेश प्रमुख भट्टले भन्नुभयो ‘जीवनको सबैभन्दा सक्रिय र उर्जाशील… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना : बसमा सवार सबै विधार्थी सकुसल, चालक घाइते 

पोखरा । पोखराको घारीपाटनमा आज (शुक्रबार) दिउसो तिन बजे स्कुल बस चालकले नियन्त्रण गुमाउदाँ दुर्घटना भएको छ । दुर्घटना भएको ग १ क ४६६१ नं. को बस नागढुङ्गा स्थित न्यु मोडेल सेकेन्डरी स्कुलको भएको प्रहरीले जनाएको छ । प्रहरीले बताए अनुसार चालकले नियन्त्रण गुमाउन पुग्दा बस दुर्घटनामा परेको हो ।   बस सडकबाट करिब ३ मिटर तल खसेको र उक्त बसले पार्किङ गरी राखेको  तिन वटा ट्याक्सीमा क्षति पुगेको छ । उक्त बसका चालक दल बहादुर गुरुङ सामान्य घाईते भएका छन । उनलाई… पुरा पढौ

श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिताको तयारी तिव्र

पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिताको तयारी तिव्र वनाएको छ । हिन्दु धर्मालम्वीको पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा हुने धार्मिक झाँकी सहितको प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए । विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष प्रतियोगिता संचालनको रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउने गरी तयारी तिव्र पारेको र आन्तरिक वाहेकका वाह्य… पुरा पढौ