कास्की

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमती च्याम्पियन

पोखरामा रङ्गशालामा जारी यु–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा बागमती प्रदेश प्रथम बनेको छ ।५ स्पर्धा समावेश टेबलटेनिसमा बागमतीले स्वर्णमा ‘क्लिन स्विप’ गरेको हो । दोश्रो तथा अन्तिम दिन २ स्वर्ण जितेको बागमतीले पहिलो दिन ३ स्वर्ण जितेको थियो । ३ रजत र २ कास्य पदक जितेको छ । बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो… पुरा पढौ

एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन

पोखरा । पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान… पुरा पढौ

यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न

पोखरा । पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो । छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा… पुरा पढौ

यू– १५ विद्यालय खेलकुद प्रतियोगिता :

जेठ ३० पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्तर्गत बुद्धिचाल बुधबारबाट शुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालाराम पुनले जानकारी दिए । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज… पुरा पढौ

यु–१५ खेलकुद प्रतियोगिता : बास्केटबल संयोजकलाई मापसेमा परे पछि सिधै रेडकार्ड

पोखरा । पोखरामा हिजोबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक मापसेमा परेका छन् । उनले मापसे प्रयोग गरेको भन्दै रंगशालाबाटै निकालिएको छ । बास्केटबल प्रतियोगिता बिहान ७ बजे हुने खेल तालिका थियो । तर उक्त खेलको संयोजक बास्केटबल संघका केन्द्रिय सचिव तथा प्रतियोगिता संयोजक रमेश खड्काले मापसे गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरी आएर मापसे गरे नगरेको परीक्षण गर्दा मापसे गरेको भेटिएको हो । खेलकुद मैदान भित्र मापसे गरेर आउनु भनेको खेलकुद… पुरा पढौ

यु-१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता :

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत एथलेटिक्स तर्फ पहिलो दिन १०० मिटर, ४०० मिटर र लङजम्प सम्पन्न भएको छ । १०० मिटर छात्रा तर्फ गण्डकीकी ऐन्जल अधिकारीले स्वर्ण पदक हासिल गरिन् । उनले १३ ः ५६ सेकेन्डमा दुरी पुरा गरिन् । लम्बिनीकी आरुशि भट्टराईले १३ः७२ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरिन् । बागमतीकी मुस्कान चौधरीले १४ः२७ सेकेन्डले दुरी पुरा… पुरा पढौ

यू–१५ विद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता:

पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता-२०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गते सम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ । प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सात प्रदेशका ७६/७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा शुरु भएको हो ।व्याडमिन्टनमा छात्र/छात्रा… पुरा पढौ

विद्यालय स्तरीय यू–१५ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा शुरु

पोखरा । विद्यालय स्तरीय यू–१५ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आज बाट  शुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ‘ भन्ने मुल उद्धेश्यका साथ  पोखरा रंगशालामा आज बाट शुरु भएको यू–१५ राष्ट्रिय प्रतियोगिताको औपचारिक उद्धघाटन भोलि हुने भए पनि ब्याटमिन्टन खेल आज बाट शुरु भएको मंगलबार प्रदेश खेलकुद परिषद गण्डकीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा आज बाट अनौपचारिक शुरु भएको खेलकुद प्रतियोगितामा ६ खेल समावेश… पुरा पढौ

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव जारी

२ कार्तिक, पोखरा। बडादसैं अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा आयोजित नवदुर्गा महोत्सव जारी छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा घटस्थापनादेखि सुरु भएको महोत्सव नवमीसम्म सञ्चालन हुनेछ ।महोत्सव अवसरमा नवदुर्गाभर बिहान संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ र दिउँसो नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन भइरहेको समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।हरेक बिहान ९ देखि १२ बजेसम्म ज्ञानमहायज्ञ र दिउँसो २ देखि ४ बजेसम्म कार्तिक २ र ३ गते दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, भाद्र ४ र ५ गते कृष्णानुरागी आचार्य पशुपति… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महाेत्सव हुनेभएको छ

विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने… पुरा पढौ