यू–१५ विद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता:

- व्याडमिन्टनका पहिलो चरणका खेलहरु सम्पन्न

-


     सुरज श्रेष्ठ    
     जेठ २९ गते २०८१ मा प्रकाशित


पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता-२०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा ३१ गते सम्म संचालन हुने प्रतियोगितको औपचारिक उद्घाटन भने बुधबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सात प्रदेशका ७६/७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत सामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थित व्याडमिन्टन हलमा शुरु भएको हो ।व्याडमिन्टनमा छात्र/छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाट छात्र चार र छात्रा चार गरि आठ जनाका दरले ५६ जनाले प्रतिस्पर्धा गदैछन् ।

व्याडमिन्टनको पहिलो दिनको खेल सकिदा पहिलो चरणका ५८ बटा खेलहरु सम्पन्न भएका छन् । बुधबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु हुने श्रेष्ठले जानकारी दिए । यसै गरि दोस्रो दिन बुधबार ३७ र तेस्रो दिन नौ गरि कुल एक सय पाँचबटा खेलहरु हुनेछन् ।

प्रतियोगिता अन्र्तगत बुधबार छात्र/छात्रा सिंगल्स सगै मिक्स डबल्सतर्फका सेमिफाईनलका खेलहरु सगै अन्य विधाका क्वाटर फाईनलका खेलहरु हुनेछन् ।