प्रमुख समाचार

सल्यानमा दाङ जाँदै बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा यात्रुवहाक बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको सल्यानका प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्घान अनुसार बसमा २६ जना सवार रहेको बुझिएको छ भने बस सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन… पुरा पढौ

आज भाइटीका, उत्तम साइत ११ः २ बजे

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ

१४औँ महाधिवेशनपछि काँग्रेसमा गुटको अन्त्य : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली काँग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरे। उनले गुटउपगुटले काँग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए। बागलुङस्थित नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले काँग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो काँग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे। “हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो… पुरा पढौ

सरकारले क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिने

सरकारले बाढी र डुवानबाट क्षति ब्यहोरेका किसानलाई उचित राहत दिने जनाएको छ । निरन्तरको बर्षाका कारण देशभर बाढी र पहिरोले किसानको भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति क्षति पुर्याएपछि सरकारले यस्तो निर्णय गरेको हो । बुधबार बसेकाे मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्नबालीमा भएको क्षतिको विवरण संकलन गरि उचित राहत व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएकाका परिवारलाइ २ लाख राहत दिने निर्णय गरेको छ । पुरा पढौ

बाढीपहिरोबाट ८८ जनाको ज्यान गयो

 मुलुकका विभिन्न भागमा गरी बाढीपहिरोबाट बुधबार साँझसम्म ८८ जनाको ज्यान गएको छ। अत्यधिक वर्षा तथा बाढीका कारण प्रदेश १ मा ५१, सुदूरपश्चिममा २६, कर्णालीमा ८, लुम्बिनीमा २ र वाग्मतीमा एकजनाको मृत्यु भएको छ। २५ जना अझै बेपत्ता छन्। बेपत्तालाई खोज्ने, विस्थापितलाई सुरक्षित ठाउँमा सार्नेजस्ता कार्यमा स्थानीय तह तथा प्रहरी प्रशासन सक्रिय भएका छन्। मोरङस्थित हाम्रा संवाददाता चुमन बस्नेतका अनुसार पूर्वाञ्चलभरि भारी वर्षा, बाढी तथा पहिरोले ५१ जनाको ज्यान लिएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण पाँचथरमा २२… पुरा पढौ

सत्ता गठबन्धन : तीनै तहको चुनाव एकसाथ गर्न छलफल

गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा हुनहुन्न भने सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक हुनुहुन्छ । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ । स्थानीय तहको चुनावमा पार्टीले राम्रो गर्न सक्छ भन्नेमा देउवा ढुक्क नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘स्थानीय तहका पछिल्ला दुई चुनाव ९२०५४ र २०७४० मा एमालेले एकलौटीजस्तो बनायो, गत चुनावमा… पुरा पढौ

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्। अपानिमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ। वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ। ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ। मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन्। न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरूको… पुरा पढौ

कर्णालीमा कात्तिक दोस्रो साता सरकार फेरिने !

कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो साताको सुरुवातमा सरकार फेरिने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको सहमति अनुसार सरकार परिवर्तन हुन लागेको हो । सहमति अनुसार माओवादी केन्द्रबाट प्रतिनिधित्त्व गर्दै मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् भने कांग्रेसका तर्फबाट सांसद रहेका जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै समयमै सत्ता हस्तान्तरण प्रतिबद्धता जनाइसकेका छन् । उनले आफूले सहमति गरिसकेपछि धोका नदिने भन्दै कात्तिकको ५ गते देखि १० गते… पुरा पढौ