सल्यानमा दाङ जाँदै बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

-


     नयाँ लिपि    
     कार्तिक २१ गते २०७८ मा प्रकाशित


सल्यानमा यात्रुवहाक बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको हो ।

घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको सल्यानका प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्घान अनुसार बसमा २६ जना सवार रहेको बुझिएको छ भने बस सडकबाट २०० मिटर तल खसेको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।