कर्णालीमा कात्तिक दोस्रो साता सरकार फेरिने !

-


     नयाँ लिपि    
     कार्तिक १ गते २०७८ मा प्रकाशित


कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो साताको सुरुवातमा सरकार फेरिने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको सहमति अनुसार सरकार परिवर्तन हुन लागेको हो ।

सहमति अनुसार माओवादी केन्द्रबाट प्रतिनिधित्त्व गर्दै मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन् भने कांग्रेसका तर्फबाट सांसद रहेका जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति कार्यान्वयनका लागि आफू तयार रहेको भन्दै समयमै सत्ता हस्तान्तरण प्रतिबद्धता जनाइसकेका छन् । उनले आफूले सहमति गरिसकेपछि धोका नदिने भन्दै कात्तिकको ५ गते देखि १० गते भित्र आफूले राजीनामा दिएर बैकल्पिक सरकार बन्ने बताएका हुन् ।

यता, कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर साहीले पनि दुई नेताबीच सहमति भएको भन्दै त्यसको कार्यान्वयन ढिलामा १० गते हुनसक्ने बताए ।