कास्की

युनाइटेडको अध्यक्षमा:थापा

पोखरा । युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन । क्लवको बरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम… पुरा पढौ

लामाचौर कप भलिबल प्रतियोगिता सुरु ( तस्विर सहित)

पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो ।  प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो ।   महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी… पुरा पढौ

रोट्रयाक्ट प्रेसिडेन्ट नाइट पोखरामा सम्पन्न

पोखरा । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर , बुटवल साउथ ,न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही ,पशुपति काठमाडौं , हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह –आतिथ्यतामा कार्यक्रम भएको हो । रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिष्ट्रक ३२९२ का… पुरा पढौ

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणालाई गण्डकीको सम्मान

पोखरा । गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सम्मान गरेका हुन् । कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो । हालै काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा उमेन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी छात्रा समेत हुन् । नेपालमा नै पहिलो पटक स्नातक… पुरा पढौ

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गर्नुभएको थियो । कार्यक्रममा उहाँले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको सुनाउनुभयो । उहाँले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुंजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने… पुरा पढौ

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकता ः मन्त्री थापा 

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् ।  जिल्ला प्रशासन कार्यालय कास्कीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र प्रभावकारी हुनेमा उनी विश्वस्त छन् । गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध गराएको जानकारी… पुरा पढौ

टेवानको तीज सांस्कृतिक महोत्सव भदौ २१ र २२ गते हुने

पोखरा ।पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् । उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा… पुरा पढौ

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र… पुरा पढौ

गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचोः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिन्दु धर्म सनातन देखिको संस्कार रहेको बताउनुभएको छ ।  पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २९ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि उहाँले गुप्तेश्वर महादेव गुफा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्नुभयो ।  प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउँदै उहाँले गुफालाई सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो । ‘यहाँको टड्कारो आवश्यकता र हाम्रो मुख्य दायित्व भनेको गुफा र… पुरा पढौ

वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान), गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका प्रमुख अतिथि भट्टले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरु आवश्यक रहने बताउनुभएको हो । पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उहाँको भनाई छ ।  ‘‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै पर्यटकीय राजधानी… पुरा पढौ