उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी हवल्दार डोलनाथ ढकालको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढकालले बिहीबार साँझ टोखामा आफैँलाई गोली प्रहार गरेको देखिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार घटनामा घाइते भएका ढकालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ढकाल टोखामै बस्दै आएका थिए। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थपलियाले बताए।
