पोउवा र दोउवाबीच व्यावसायिक साझेदारीको सहमति

पोखरा र दोलखा उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा समस्या समाधान,व्यावसायिक साझेदारी एवं पर्यटन प्रवद्र्धनका निम्ति सहकार्यको सहमति भएको भएको छ ।

अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा उद्योग वाणिज्य संघ आइपुगेको दोलखा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सो सहमति जुटेको हो ।

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले मोफसलमा रहेका उद्योग वाणिज्य संघहरुका समस्याहरु एकैप्रकारको रहेको र ती समस्या समाधानका निम्ति सहकार्य एवं समान धारणा आवश्यक रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघको संक्षित जानकारी,यसका गतिविधिबारे संक्षिप्त जानकारी दिँदै यस्ता छलफलले सहकार्यको नयाँ ढोका खोल्ने धारणा राखिन् । नेपालका विभिन्न जिल्लाका आफ्नैखाले विशेषता रहेको बताउँदै उनले दोलखा र पोखराले एकअर्काका असल अभ्यासलाई अनुशरण गर्नुपर्ने धारणा पनि राखिन् ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनद थापाले २०३४ सालमा स्थापित दोलखा उद्योग वाणिज्य संघले समग्र जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउनुुका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै सहयोग गर्दै आइरहेको बताए ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य तथा दोलखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामेश्वर मानन्धरले उद्योगी÷व्यवसायीका साझा समस्या समाधानका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाको धन्यवाद र महासचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा दुवै उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version