नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितको लागि ८५ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारी, सदस्य तथा सम्बन्धित क्यासिनोका महाप्रबन्धकहरुको संयुक्त टोलीले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलमार्फत सहयोग रकम हस्तान्तरण गरेको हो ।
नेपाल क्यासिनो एसोसिएसनमा आवद्ध महाराजा द रोयल क्यासिनो (काठमाडौं र पोखरा), बादशाह क्यासिनो, क्यासिनो माजोङ नेपाल, माजोङ बीरगञ्ज, माजोङ नेपालगञ्ज तथा क्यासिनो माजोङ नेपाल, नेपालगंज र बीरगंजका स्टाफहरु समेतको संयुक्त पहलमा उक्त सहयोग गरिएको हो ।
बाढी पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुयाउने उद्देश्यले उक्त रकम प्रदान गरिएको एसोसिएसनले जनाएको छ ।
क्यासिनो एसोसिएसनमा आवद्ध अन्य क्यासिनोहरुले छुट्टाछुट्टै सहयोगसमेत प्रदान गरिसकेका छन् ।
