एसईई र कक्षा – १२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरिएको घटनाको विरोधमा विद्यार्थी संगठनहरूले सिरहामा प्रदर्शन गर्ने घोषणा गरेका छन्।
संयुक्त विद्यार्थी संगठनको आह्वानमा सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि प्रदर्शन गरिने भएको हो।
प्रदर्शनमार्फत परीक्षार्थीबाट जफत गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, पीडित विद्यार्थीलाई न्याय दिन तथा विद्यार्थीमाथिको दमन अन्त्य गर्न माग गरिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा – १२ परीक्षाका क्रममा बरामद गरिएका ४८९ मोबाइल फोन, सात वटा आईफोन र पाँच वटा स्मार्ट घडी नष्ट गरेको थियो।
