गण्डकीमा आर्थिक र दीगो विकासको सम्भावना देखाएर सकियो उद्यम मेला

गण्डकी प्रदेशमा बृहत्तर आर्थिक विकास र दीगो विकासको सम्भावना देखाउँदै उद्यम मेला सकिएको छ ।

गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, स्थानीय सरकारहरू तथा दायित्व संस्थाको साझेदारीमा गन्डकी प्रदेश अन्तरगतका ५ वटा स्थनिय तहहरुमा वृद्धिमुखी उद्यमशीलता तथा रोजगार प्रवर्द्धन कार्यक्रम समापन भएको हो ।

ग्रामीणस्तरमा रहेका लघु, घरेलु तथा साना गरी महिला तथा युवा उद्यमीहरुको पहिचान सक्षमीकरण, स्तरीकरण तथा स्तरोन्नति गरी उनिहरुको आय र रोजगारीका अवसरहरु सृजना गर्न सहयोग पुर्याउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पर्यटन तथा उद्योग मन्त्री यशोदा रिमालले गण्डकी प्रदेशको कोशेली घर निर्माण गर्ने अभियानलाई प्रदेश सरकारले मुख्य रुपमा लिएको जानकारी दिईन् । उनले कृषिजन्य उत्पादन र घरेलु मदिराका वारेमा पनि प्रदेश सरकार स्पष्ट रहेको धारणा राखिन् ।

कार्यक्रम सञ्चालन भएका ५ वटा गाँउपालीकाहरुमा हाल सम्म २०० जना उद्यमीहरुको सक्षमीकरण, १०० जना उद्यमीहरुको स्तरीकरण र ५५ जना उद्यमीहरुको स्तरोन्नतीरद्रुतिकरण गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष नरेश कंडेलले नेपाली र स्थानीय उत्पादनको माग अत्याधिक भएपनि त्यसको वजारीकरण हुन नसकेको धारणा राखे ।

अन्तर–स्थानीय आर्थिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले मेलामा गोरखाको सिरानचोक, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको जलजला तथा बागलुङको बडीगाड गाउँपालिकाका ५५ उद्यमी उत्पादनसहित सहभागी थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुवरले स्थानीय सरकारसँगको सहकार्यमा उद्योगी उत्पादन गर्ने काममा लाग्नु आफैमा प्रशंसिय कार्य भएको धारणा राखे ।

कार्यक्रममा कृषि तथा गैर–कृषि क्षेत्रका स्थानीय उत्पादनहरूको प्रदर्शनी, बिक्री प्रवर्द्धन, प्रचार–प्रसार तथा स्थानिय उद्यमशीलताको प्रणाली , नीति लगानी र बजारको एकिकृत सहकार्य विषयक प्यानल छलफल समेत गरिएको थियो ।

Exit mobile version