पोखरामा माछा मार्दा जालमा राइफल परे पछि…………

पोखरा । जिल्ला कास्की, पोखरा महानगरपालिका–१८, खपौदी फेवाताल क्षेत्रमा माछा मार्ने क्रममा कुमार जलारीले जालमा SLR राईफल फेला परेको सूचना पाएपछि नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी बैदामबाट टोली खटियो ।

प्रहरीले बट नम्बर १११, बडी नम्बर १३८१० लेखिएको SLR हतियार १ थान र सोही हतियारमा लोड भएको १८ राउण्ड गोलीसहितको म्यागजिन जालमा अड्किएको अवस्थामा बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानपछि थप कानुनी प्रक्रिया अघि बढाइएको छ ।

Exit mobile version