लेखनाथ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले मादी गाउँपालिका–८ र ९ मा घरदैलो अभियान तीव्र पारेका छन्। बिहीबार र शुक्रबार उनले पाखुरीकोट, नागिधार, परक्यु, गहते, च्याङ्दी, मिजुरे लगायतका बस्तीमा मतदाता भेटघाट गर्दै सुझाव संकलन गरेका हुन् ।
घरदैलोका क्रममा रानाभाटले समृद्ध मादी निर्माणका लागि स्थानीयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । वडा ८ र ९ मा चुनाव प्रचारप्रसार सचिवालय उद्घाटन गर्दै नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले जनताको मागअनुसार विकास गर्न कांग्रेस तयार रहेको बताए। कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसी, जिल्ला सभापति किशोर दत्त बराललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
यसैबीच, नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ । वडा कार्यसमितिलाई लक्षित गरी चुनावी रणनीति तथा मतदाता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सभापति सुरेन्द्रमान बिजुक्छेले जानकारी दिए ।
