कास्की-१: कांग्रेस उम्मेदवारसँग मकैखोलेले मागे सिँचाई र बजारको व्यवस्थापन

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का उम्मेदवार तिलक रानाभाटसँग मतदाताले सिँचाइ र सहज बजारको व्यवस्थापनका लागि माग गरेका छन्।

घरदैलो अभियानमा मतदाता भेटघाट कार्यक्रममा मादी गाउँपालिका मकै खोला क्षेत्रका बासिन्दाले आफूले उत्पादन गर्न र उत्पादन गरेका स्तुलाई बजारसम्म पुर्‍याउन अत्यन्त टाढा र खर्चालु भएकोले बजार भाउ पाउन नसकेको पनि गुनासो व्यक्त गरेका छन्।

सांसद पदमा विजयको शुभकामना दिँदै स्थानीयले छिटै मन्त्री बन्नुहोस् र हाम्रो उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सहज बाटो बनाउनको लागि सहयोगको समेत अपेक्षा गरेका छन्।

मतदाताको मागपछि उम्मेदवार तिलक रानाभाटले त्यहाँका स्थानीयको मागअनुसार वडा गाउँपालिका प्रदेश सँगै केन्द्र सरकारसँग सहजीकरण गर्दै आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै पूर्व कानुनमन्त्री यज्ञबहादुर थापाले अब नेपाली कांग्रेस सचिएर र सुध्रिएर अगाडि बढेको र अब झुटा आश्वासन कसैले बाँड्न नपाइने हुँदा गर्न सकिने काम मात्र प्रतिबद्धता लिने र अगाडि बढ्ने धारणा व्यक्त गरेका छन्।

पहिलाका जस्ता झुटा आश्वासन र गर्न नसकिने कामहरूका आश्वासन अबका उम्मेदवारले गर्ने छैनन् पाँच वर्षका स्पष्ट योजना र खाका बोकेर मात्रै मतदाता भेटघाटमा निस्केको राणाबाट हुँदा ढुक्कले कांग्रेसका उम्मेदवारलाई मत दिनको लागि उनले आग्रह गरेका छन्।

साथै नेपाली कांग्रेस पोखरा-२८ द्वारा आसन्न फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर -१ का उम्मेद्वार तिलक रानाभाट लाई विजयी गराउन विकल केसीको संयोजकत्वमा १५१ सदस्य निर्वाचन युवा परिचालन समिति गठन गरिएको छ ।

Exit mobile version