पोखराबाट सुदनको प्रश्नः – ‘जेन-जी आन्दोलनमा गोली चलाउने राष्ट्रवादी, हामी आतंककारी ! कसरी ?’

जेन-जी अभियन्ता सुदन गुरुङले जेनजी आन्दोलनमा भएको रक्तपातलाई लिएर अघिल्लो सरकारप्रति आक्रोश पोखेका छन् ।

पोखरामा सोमबार तमू ह्युल छोंज धीँ, गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा उपस्थित सुदनले हाल जेन-जी र आफुमाथि अफवाह फैलाइरहेको भन्दै आक्रोश पोखेका हुन् ।

जेन-जी आन्दोलनमा सरकारले ताकी-ताकी कलिला छातिमा गोली चलाएर पनि आफुलाई राष्ट्रवादी भनिरहेका छन् सुदनले भने जेनजीमाथि भने विभिन्न मुद्दा लगाउँदै पक्रेर जेल भर्ने काम भइरहेको छ ।

अहिले देशका विभिन्न भागबाट आन्दोलनमा सहभागी जेनजीमाथि सरकारले धरपकड गरेको भन्दै उनले प्रश्न गरे ‘गोली हान्ने राष्ट्वादी, हामी देश र सुशासनको पक्षमा लड्ने आतंककारी! आखिर कसरी ?’

गृहजिल्ला गोर्खाबाट पोखरा आइपुगेका उनले आन्दोलनपछि देशकै हितको पक्षमा सूशीला कार्कीलाई प्रधानमन्त्री बनाएको जनाए ।

‘सुदनलाई प्रधानमन्त्री, मन्त्री बन्ने अफर थियो, अवसर थियो ,तर पदको लागि नभई आन्दोलन देशका लागि गरेकाले त्यागिदिएको हो’ उनले भने ।

जेन-जी अझैपनि देशकालागि लड्न तयार रहेको भन्दै परिवर्तनको चाहनालाई सँधै शिरमा राखेर हिड्ने उनले सुनाए ।

आन्दोलनपछि संविधान खारेज गर्ने काम गरिरहँदा ओमप्रकाश अर्यालले सल्लाहकारको भेषमा आएर अवरोध गरेको भन्दै उनले पछि गृहमन्त्री भएर जेनजीको माग पुरा नगरेर त्यो पुष्टी भएको उनले उल्लेख गरे ।

हाल पुराना दलका नेताहरुले आन्दोलनको अवमूल्यन गर्दै तथानाम बोल्दै हिँडेको प्रति उनी रुष्ट सुनिए । ‘खबरदार! सुदन र जेनजी अन्तिम श्वाससम्म कूशासनविरुद्ध लडिरहने छ ।’

सुदन आज पोखरामै बसेर यहाँका जेन-जी र आन्दोलनका घाइतेलगायतसँग भेटघाट गर्ने कार्यक्रमा रहेको छ ।

Exit mobile version