आज पोखरामा एमालेले हाम्रोे कार्यक्रम बिथोल्न खोजिरहेको छः – सुदन

गोर्खाबाट पोखरामा आउँदै गर्दा जेनजी अभियन्ता सुदन गुरुङले नेकपा एमालेले आफ्नो कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको आरोप लगाएका छन् ।

आज पोखराको उद्योग वाणिज्य संघमा अपरान्ह १२ बजे सुदनलाई तमू ह्युलको गण्डकी युवा परिषद्ले सम्मान कार्यक्रम राखेको छ ।

सुदनले सामाजिक सञ्जालमा लेखेका छन्ः

पोखरामा जेनजि भाईबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबालाई दाजुभाइ तथा दिदी बहिनी हरू भेट्न हामी पोखरा निस्कियौं, र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, तर यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्ष उभिन्छौं, हामी आफ्ना दाजुभाई-बहिनीका आवाजसँग जोडिन्छौं र अझ बलियो हुन्छौँ, हामी झण्डा गर्वले उचाल्छौं, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौं ।

Exit mobile version