७ करोडको लगानीमा राइज फिटनेशको ३ शाखा

विगत सात वर्षदेखि पोखराको फिटनेस जगतमा सक्रिय ‘राइज फिटनेस’ले आफ्नो सेवा विस्तार गरेको छ। आधुनिक सेवा सुविधासहित पोखराका मुख्य तीन स्थानमा फिटनेसले आफ्ना शाखा सञ्चालनमा ल्याएको हो।

प्रस्याङ र सिर्जनाचोकमा यसअघि नै सेवा दिइरहेको राइज फिटनेसले हालै पोखरा–७ शान्तिनगर चोकमा आफ्नो तेस्रो तथा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शान्तिनगरस्थित पुरानो ‘रत्न श्री जिम’ रहेको स्थानमा नै अत्याधुनिक पूर्वाधारसहितको राइज फिटनेस सञ्चालनमा आएको हो।

फिटनेसका सञ्चालक कमल भण्डारीले समयको माग र ग्राहकको आवश्यकता अनुसार सेवा, संरचना र प्रविधिमा परिमार्जन गर्दै शाखाहरू विस्तार गरिएको जानकारी दिए। उनले भने, “हामीले वैशाखमा सिर्जनाचोकमा शाखा स्थापना गरेका थियौं, अहिले शान्तिनगरमा पनि सेवा विस्तार गर्न सफल भएका छौं।”

आधुनिक प्रविधि र निःशुल्क प्रशिक्षण
सञ्चालक भण्डारीका अनुसार तीनवटै शाखामा नयाँ तथा प्रविधिमैत्री फिटनेस मेसिनहरू जडान गरिएका छन्। जिममा भर्ना हुने नयाँ सदस्यहरूका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ। नयाँ सदस्यलाई १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइनेछ।

प्रत्येक शाखामा दुई जना दक्ष ट्रेनर (प्रशिक्षक) मार्फत दैनिक तालिम प्रदान गरिने र यसका लागि सदस्यहरूले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने भण्डारीले बताए।

सहुलियत शुल्क र लगानी

फिटनेसलाई आम सर्वसाधारणको पहुँचमा पुर्याउन शुल्कलाई पनि व्यवहारिक बनाइएको सञ्चालकको दाबी छ। यहाँ व्यायामका लागि मासिक ३,००० रुपैयाँ र त्रैमासिक (तीन महिनाको) ७,००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ग्राहकलाई प्रोत्साहन गर्न भर्ना शुल्क पूर्णरूपमा मिनाहा गरिएको छ।

हाल राइज फिटनेसका तीनवटै शाखामा गरी १५ जना (प्रति शाखा ५ जना) कर्मचारी कार्यरत छन्। सञ्चालक भण्डारीका अनुसार नयाँ शाखा विस्तारसँगै पोखरामा राइज फिटनेसको कुल लगानी ५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

Exit mobile version