पोखरामा मरेको खसी काटेर बेचेपछि गुरुङ्द्वय पक्राउ

पोखरामा मरेको खसी काटेर बेचेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ पक्राउ परेका हुन् ।

घटना मंगलबारको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता हरि बस्नेतले बताए ।

प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ ।

Exit mobile version