Skip to content

गिभिना मगरलाई शोकमाथि शोक ! आमाको मृत्युपछि भाइले गरे आत्महत्या

पोखराः सामाजिक अभियन्ताको छवि बनाएकी गिभिना मगरलाई शोकमाथि शोक थपिएको छ ।

शुक्रबार राति पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दी नजिकै ७ बजेको समयमा जेब्रा काट्ने समयमा आमा धनकुमारी बुढाको मृत्यु भएको थियो । ५५ वर्षीया बुढालाई घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

घाइते उनलाई स्थानीयले मणिपाल शिक्षण अस्पताल पु¥याएका थिए । उपचारकै क्रममा बढाको राति ९ बजेतिर मृत्यु भए थियो । घाइते बुढाको टाउकोमा गम्भीर चोट लागेको डाक्टरले बताएका छन् ।

सम्भवतः उनै आमाको शोक सहन नसकेर भाई रामकुमार बुढाले आत्महत्या गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बुढाको मृत्यु भएको पुष्टि गरेका छन् ।

२६ वर्षीय बुढाको शव राति १२ बजे झुण्डिएको अवस्थामा फेला परेको प्रवक्ता शर्र्माले जानकारी दिएका शर्माका अनुसार उनको शव पोष्टमर्टमकालाग मणिपाल अस्पताल राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version