Skip to content

प्रिमियम व्राण्डका एशोसरिज व्यवसायीलाई चार वटा स्कुटर उपहार

पोखरा । प्रिमियम व्राडका एशोसरिजहरुको गण्डकीका लागि आधिकारिक विक्रेता डि एच एन ईन्टरप्राईजेजले आफ्ना ग्राहक व्यवसायीलाई लक्षित गरी लक्की ड्र मार्फत् ४ वटा स्कुटर वितरण गरेको छ । स्कुटरहरु एक लाख भन्दा वढी मुल्यका एशोसरिजहरु किनेका व्यवसायीहरुलाई लक्की ड्र मार्फत् वितरण गरेको हो ।

यो सिजनको स्कुटर विजेताहरुमा स्याङ्जाको राङ्खोल स्थित रिहानन मोईलका सुकुल अलिमिया, भिमादको ए टु जेड मोवाईलका उत्तम सुवेदी, एन्जिला मोवाईल वेगनासतालका सन्दिप तिमिल्सिना, दुलेगौंडाको पुन मोवाईलका संचालक हेमराज पुनले स्कुटर जितेका छन् । लक्कि ड्र विजेताहरुलाई कार्यक्रमका प्रमुख अथिती पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकणर् कार्की, निवर्तमान अध्यक्ष पवन प्रजापती र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दुर्गा सिंह र नेपाल मोवाईल वितरक संघ केन्द्रिय कार्यालयका वरिष्ठ उपाध्यक्ष शिवराज पहारीले हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकणर् कार्कीले वर्तमान अवस्थामा व्यवसायीकै उत्प्रेरणाका लागि डिएचएन ईन्टरप्राईजेजले व्यवसायीलाई स्कुटर उपहार दिनु आफैमा उत्कृष्ठ कार्य भएको धारणा राखे । अहिले व्यवसायी धरासायी भईरहेको प्रशंग उल्लेख गर्दै यस्ता खालका कार्यहरुले व्यवसायमा उत्प्रेरणा थप्ने पनि उनको भनाई थियो ।

कार्यक्रमका विशेष अथिती पोखरा उद्योग वाणिज्य संघका निवर्तमान तथा सिटीवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले डि एन एन ले प्रविधिलाई आम जनमानसमा लैजाने काम गरेको धारणा राखे । उनले आम जनमानसको चाहनालाई ध्यान दिदै नया नया प्रविधि र गुणस्तरीय एशोसरिजहरु वितरणमा कुनै कन्जुस्याई नगर्न पनि अनुरोध गरे ।

लक्कि ड्र कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहले रोजगारी सुजना गर्न यस्ता खालका एशोसरिजहरुको कम्पनी नेपालमै खोल्न अनुरोध गरिन् । उनले स्वरोजगारका लागि अहिलेको प्रविधियूक्त समय उत्तम रहेको समेत धारणा व्यक्त गरिन् ।

डि एच एन ईन्टरप्राईजेजका संचालक विनोद केसीका अनुसार लक्की ड्र कार्यक्रममा सवै भन्दा उत्कृष्ठ व्यवसायीलाई लक्कि ड्र मार्फतनै बिजेता ब्यबसाइहरुलाइ गिफ्ट ह्याम्पर सहित सम्मान पनि गरिएको हो । महेन्द्रपुल स्थित विक्की ट्रेडर्स, स्याङजा गल्याङ्को लाङ्घाली मोवाईल, पोखरा स्थित विपी चोकको धौलागिरी मोवाईल, भिमाद स्थित ए टु जेड मोवाईल, महेन्द्रपुल पोखराकै आर्यन मोवाईल, स्याङ्जा स्थित संसार मोवाईल, महेन्द्रपु मोवाईल टावर स्थित मेरो डिजिटेक र दुलेगौडाको पोख्रेल मोवाईललाई उत्कृष्ठ विक्रिेताका रुपमा पुरस्कृत समेत गरिएको थियो ।

डि एच एन ईन्टरप्राईजेजका संचालक विनोद केसीका अनुसार व्यवसायमा नाफा घाटा जे भएपनि आफ्नो मातहत र कम्पनीका प्रोडक्ट विक्रि गर्ने ग्राहकहरुलाई पुरस्कृत गर्दै व्यवसायीक वातावरण वनाउने धारणा राखे । उनले आफ्नो कम्पनीका एशोसरिजहरु अन्यको तुलनामा वढी टिकाउ र मुल्यमा पनि सहज भएको दावी समेत गरे । स्वागत मन्तव्य राख्दै संचालक केसीले प्रिमियमका एशोसरिजहरु ढुक्कले खरिद गर्न पनि सवैलाई अनुरोध गरे ।

कार्यक्रममा प्राईड एक्स्पोर्ट ईम्पोट प्रालिले ल्याएको के एक्स डि व्राण्डको नया एन्ड्रोईड मोवाईल समेत लन्चिङ्ग गरिएको थियो । नया मोवाईको मुल्य र फिचर पनि उत्कृष्ट रहेको प्राईडका वजार प्रमुख राजेन्द्र विष्टले जानकारी दिए ।

कार्यक्रममा नेपाल मोवाईल व्यवसायी महासंघ कास्कीका अध्यक्ष उदय वहादुर के सी, पोखरा ईलेक्ट्रोनिक व्यवसायी संघ कास्कीका अध्यक्ष नारायण सुवेदी, प्राईड ईम्पोट एक्स्पोर्ट प्रालिका वजार प्रमुख राजेन्द्र विष्ट र विज्ञान तिमिल्सिना लगायतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version