पर्यटन

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको… पुरा पढौ

माछापुच्छ्रेका आठ युवाद्धारा एकैपटक मर्दी हिमालको सफल आरोहण

कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का आठ जना युवाले पाँच हजार ५८७ मिटर अग्लो प्रसिद्ध मर्दी हिमालको एकै साथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको मर्दी हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्सीय टोली मध्येका आठ जनाले असोज १७ गते विहान ९ः३० बजे सफलतापूर्व हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष… पुरा पढौ

‘हिमाल र हिमालीको जीवन्त उदाहरण पर्वतीय सङ्ग्रहालय’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको अवस्था एवं संस्कृतिको जीवन्त उदाहरण भएको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको स्थलगत अवलोकन गर्दै उनले सङ्ग्रहालयलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए । सङ्ग्रहालयमा प्रदर्शित विभिन्न जातजातिसहितको मानवकक्ष, पर्वतीय हिमशृङ्खला, हिमाल आरोहणका गतिविधि, भौगोलिक कक्षलगायतको रुचिपूर्वक अवलोकन गर्दै उनले मुलुकको गहनाका रूपमा रहेको सङ्ग्रहालयको उचित प्रचारप्रसार गर्दै विश्वका पर्यटकको आकर्षण गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । कोरोना कहरका कारण चार महिनादेखि बन्द… पुरा पढौ

पोखराका पर्यटकीय स्थल खोल्ने बारे छलफल

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल राखिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय… पुरा पढौ