पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एअरको तयारी

santan ads

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुध्द एअरले पाँच वटा जहाजमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिरहेको गरेको जनाएको छ । विमानस्थल सञ्चालनमा आएपछि बुद्धले पोखराबाट भारतको नयाँदिल्ली, देहेरादुनमा सिधा उडान गर्ने तयारी गरेको जनाएको छ ।

त्यसैगरि पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने योजना रहेको कम्पनीले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

विमानस्थलको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने कम्पनीको भनाई छ । हाल निर्माणधिन विमानस्थलको पूर्व/पश्चिम रन–वेको पश्चिम रन–वे लाई मात्र अन्त्यसम्म टयाक्सी–वेले जोडेको छ ।

पश्चिमको ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव रहेको कम्पनीको भनाई छ । तर पूर्वको रन–वेलाई टयाक्सी–वेले नजोडेका कारण उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव भएको उल्लेख छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई उडानहरु कम हु्ने देखिएको कम्पनीले बताएको हो ।

विज्ञप्ति मार्फत आधा रनवेसम्म मात्र भएको टयाक्सी–वेलाई पूर्वको रनवेको अन्त्यसम्म जोड्न आग्रह गरेको छ । ’अहिले रन–वे र टयाक्सी–वेको निर्माण सिमेन्ट कंक्रीटले भईरहेको छ, अब बाँकी टयाक्सी–वे निर्माण गर्दा प्रक्रिया लम्बिने र निर्माण खर्च पनि महँगिने हुँदा विशेषज्ञको सल्लाह लिई पिच मात्र गरे पुग्छ’ बुध्द एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

पोखरा आकर्षक पर्यटकीय गन्तव्य हो । यहाँ निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक तथा विशेषगरी गण्डकी प्रदेशमा ठूलो अवसर तथा रोजगारी सिर्जना गर्ने विश्वास लिइएको छ ।

Scroll to Top