प्रमुख समाचार

कास्कीमा पहिरोका कारण दुई जनाले ज्यान गुमायो

पोखरा । कास्कीको मादी गाउँपालिका ५ चितेपानीमा गएराति देखि परेको अविरल वर्षाको कारण पहिरो बाट दुई जनाको ज्यान गएको छ । पहिरोबाट ज्यान जानेमा चितेपानीका १३ वर्षिया आयुस्मा रानाभाट र पोखरा १७ आरुपाटाका ३ वर्षिय अनमोल सुनार रहेका छन ।चितेपानी घुम्तीका प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरको पछाडी भागको ढिस्को खस्दा आयुस्माको ज्यान गएको हो । उनी संगै सुतेकी हजुरआमा लालमाया बन्जारी घाइते भएकी छन् । उनीलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव… पुरा पढौ

गण्डकी प्रदेश औषधी व्यवसायी संघको अध्यक्षमा तिवारी

पोखरा । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमां केशरी तिवारीलाई सर्वसम्मत चयन गरेको छ ।संघको सोमबार पोखरामा सम्पन दोस्रो अधिवेशनले आगामी तिन वर्षका लागि अध्यक्षमा तिवारी सहित सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।संघका बरिष्ठ उपाध्यक्ष दयानिधि पौेडेल, उपाध्यक्ष थोक तर्फ लक्ष्मी नारायण पराजुली, उपाध्यक्ष खुद्रा तर्फ धनु देबी पिया, महासचिव संजिव देवकोटा क्षेत्री, कोषाध्यक्ष सुरेन्द्र कुमार अग्रवाल, सचिव संगम बाबु श्रेष्ठ र उप–कोषाध्यक्ष यज्ञ प्रसाद शर्मा चयन भएका हुन । त्यस्तै सदस्यहरुमा थोक तर्फ मिलन श्रेष्ठ,दुर्गा… पुरा पढौ

पोखरामा ‘दि कन्टेन्डर फाइट’ हुने

पोखरा । पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै… पुरा पढौ

स्याङजा महिला टि–२० क्रिकेट च्याम्पियन

पोखरा । पोखरामा आज(सोमबार) सम्पन्न भएको महिला किक्रेट प्रतियोगितामा स्याङजा च्याम्पियन भएको छ ।कास्कीलाई ४५ रनले पराजित पराजित गर्दे स्याङजा च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै स्याङजले नगद १ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको कास्कीले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । यहि असार ७ गते सुरु भएको प्रतियोगितामा सहभागि चार टिम मध्ये स्याङजा अपराजित रहेको छ । सोमबार भएको फाइनलमा समेत टस जितेर पारीको सुरुवात गर्दै स्याङजाले पुरै… पुरा पढौ

कास्की र तनहुँलाई ह्यान्डबलको उपाधि

गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो । आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय… पुरा पढौ

हेमजा हिले महोत्सव हुने

पोखरा ।  राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते  चौथो संस्करणको 'हेमजा हिले महोत्सव २०८१' हुने भएको छ ।  देविस्थान सेवा समाज हेमजाको आयोजनामा हुने हिले महोत्सवमा समग्र  पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको छ। ।  हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ। “कृषिमा कृषकलाई प्रोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको  महोत्सवमा हिले फुटबल, महिला पुरुष हिले… पुरा पढौ

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । ‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय… पुरा पढौ

आर्चरीमा कास्की च्याम्पियन

पोखरा । तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा आज(शनिबार) सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ… पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: दर्शकको साथ पोखरा १२ लाई उपाधि पोखरा १३ लाई

पोखरा । आज (शुक्रबार) सम्पन्न भएको अन्तर वडास्तरीय 'हेमजा भेट्रान्स कप' २०८१ को फाइनल खेल हेर्न आएका अधिकाश दर्शक पोखरा १२ को सपोर्टमा थियो । त्यस्को बाबजुद पनि उपाधि जित्न सकेन । पोखरा १३ ले ३–० गोल अन्तरले पोखरा १२ लाई पराजित गर्दे च्याम्पियन बन्यो । खेलको ७ औं मिनेटमा १३ का नरेन्द्रजगं गुरुङले गोल गरे । उनले किपर बाट रिबाउण्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए। पोखरा १२ का नितिश श्रेष्ठले ५० औ मिनेटमा गरेको पावरफुल प्रहार सेकेण्डबारमा… पुरा पढौ

स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन

पोखरा । स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन बनेको छ । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै स्याङजा च्याम्पियन बनेको हो ।पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९ दशमलब ३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा… पुरा पढौ