Skip to content

स्याङजा महिला टि–२० क्रिकेट च्याम्पियन

पोखरा । पोखरामा आज(सोमबार) सम्पन्न भएको महिला किक्रेट प्रतियोगितामा स्याङजा च्याम्पियन भएको छ ।
कास्कीलाई ४५ रनले पराजित पराजित गर्दे स्याङजा च्याम्पियन बनेको हो ।

च्याम्पियन भए संगै स्याङजले नगद १ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको कास्कीले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो ।

यहि असार ७ गते सुरु भएको प्रतियोगितामा सहभागि चार टिम मध्ये स्याङजा अपराजित रहेको छ । सोमबार भएको फाइनलमा समेत टस जितेर पारीको सुरुवात गर्दै स्याङजाले पुरै ओभर खेल्दै ९ विकेटको क्षतीमा १०५ रन जोड्यो ।

स्याङजाका लागि कुशुम गोदारले ३१ बलमा ३१ रन जोडिन भने सिमाना केसीले ३६ बल फेस गर्दे २४ रनको योगदान दिइन् । त्यस्तै ज्योत्सना मरासिनीले १४ रन बनाइन् । य । स्याङजाले २० रन अतिरिक्त पाएको थियो ।

कास्कीका लागि शुसिला दिम्दुङ र पूर्णिमा गुरुङले समान २–२ विकेट हात पार्दा रचना चौधरी, चन्द्रमायाँ बराल र रिया तामाङले समान १–१ विकेट लिए ।

जितका लागि १०६ रन पछ्याउने क्रममा कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्रै जोडयो । कास्कीका खेलाडीहरुले आफ्नो पारीमा ४५ रन मात्रै बनाए । १५ रन अतिरिक्त पाएको थियो ।

बलिङतर्फ आकृती तिवारीले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर २ विकेट हात पार्दा, ओमन अफ दि म्याच रहेकी सिमाना केसीले ३ ओभरमा ५ रन दिएर २ विकेट लिन सफल हुँदा रन्जना साउदले २ ओभरमा ५ रन दिएर २ र कुशुम गोदारले १ विकेट लिन सफल भइन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा स्याङजाकी कुशुम गोदार प्लेयर अफ दि सिरिज र बेष्ट व्याटर बन्न सफल भईन । उनले प्रतियोगितामा ९७ रन बनाउँदा ३ विकेट समेत हात पार्दै कुल ८ अंक प्राप्त गरिन् ।

त्यस्तै कास्कीकी चन्द्रमायाँ बरालले प्रतियोगिता अवधिभर ७ विकेट लिंदै उत्कृष्ट बलर बन्न सफल भइन् । विधागत पुरस्कारमा उनीहरुले नगद दुई हजार सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्री राजिव गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम,प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।तस्विर : बसन्त शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *