प्रमुख समाचार

बन्दिपुरको भित्री सडक पुरा नहुदै बिग्रियो

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दिपुर, पृथ्वी राजमार्गको सडक संजालले पनि राम्रौ सँग जोडिएकोछ र जोडिने क्रममा पनि जारी छ । बन्दिपुरको वडा नं. १ र ४ लाई जोडने गरी निमार्ण भएको ३ कि.मि कालो पत्रे भित्री सडक पुरा नहुदै पहिरोको कारणले विभिन्न ठाउँमा भासिनुको साथै उच्च जोखिम अवस्थामा रहेको छ । करौडौ रकम खर्चिएर बनाएको उक्त सडकको प्रवेशद्धार नै पृथ्वी राजमार्ग विस्तारका क्रममा भत्काइएको कारणले सडक संचालन हुन सकेको छैन । पृथ्वी राजमार्गले विस्तारका क्रममा प्रवेशद्धार भत्काइदा स्थानिय… पुरा पढौ

दरबार भित्र २ वटा मोटरबोट अवलोकन गरेको १००

पोखरा । पोखरा फेवाताल किनारमा रहेको रत्न मन्दिर अर्थात राजदरबार । तत्कालिन राजा पोखरा आउदा बस्ने ठाउ । देशमा राजा हटिसके पछि । नेपाल सरकारले ट्रष्ट बनाएर सर्वसाधारणका लागि खुल्ला गरेको रत्न मन्दिरमा मानिसहरु तत्कालिन राजाहरुको दरबार कस्तो हुदो रहेछ भनेर हेर्न जाने गर्दछ । विदाको दिन अलि बढि भिड हुने उक्त ठाउ अन्य दिन सरदर ७०/८० जना दरबार हेर्न आउने त्यहाँका इकाई प्रमुख मिन प्रसाद लामिछानेले बताए । रत्न मन्दिर भित्र लेउले ढाकिएको हिड्ने बाटो मंगलबार पोखराका सुक गुरुङ… पुरा पढौ

पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए

तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर हराईरहेको ३ जना मृत अवस्थामा भेटिएको छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार राती नै भेटिएको हो । सोही ठाउँका ३७ वर्षीया अनिष बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको आइतबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । सोही ठाउँमा पहिरोमा परी घाइते भएका ५ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो । सामान्य उपचार… पुरा पढौ

युरोकप २०२४ : इङ्ग्ल्याड सेमिफाईनलमा प्रवेश

युरोकपको भखरै सकिएको खेलमा स्विजरल्यान्डलाई पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाईनलमा प्रवेश गरेको छ । इङग्ल्यान्डले पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा पुगेको हो । निर्धारित समयमा दुबै टीमबाट १/१ गोलको बराबरी भए पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । स्विजरल्यान्डका इमबोलाले खेलको ७५ औ मिनेटमा गोल गर्दै  अग्रता दिलाएका थिए । एक गोलले पछि परेको इङग्ल्याडले खेलाडी परिवर्तन गर्न लागेको तयारी गर्दै गर्दा खेलको ८० औ मिनेटमा साकाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले डि राईसले पास दिएको… पुरा पढौ

पहिरोको बितण्डा : स्याङ्जामा ४ जनाको ज्यान गयो

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका ६ मा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ । ईश्वरी लम्सालको घरमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । जसमा विरुवा गाउँपालिका ६ लामाखेतका ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ७१ वर्षिय माधब शर्माको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्याङ्जा कै आधीखोला गाउँपालिका ४ सेपत भन्ने ठाउँमा पर्वत फलेबास नगरपालिका १ का ४० वर्षिय झलक पौडेललाई खोलाले बगाई ल्याएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

प्रदेशस्तरीय टेनिस खेल पुरा, फाइनल खेल वर्षाले प्रभावित

पोखरा । गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।  यहि असार १९ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेल भने शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएको छ । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको छ ।  प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदिप खड्का र… पुरा पढौ

भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत भाग लिने ह्याण्डबल टोलीको बिदाई

पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ ।  गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् ।  प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि… पुरा पढौ

मृगौला पीडितलाई निशुल्क डायलसिस सेवा : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको… पुरा पढौ

युरोकप : फ्रान्सको दबदबा कायमै

युरोकपको गएराती भएको खेलमा पोचुर्गगललाई पराजित गर्दे फ्रान्सले आफ्नो दबदबा कायमै राखेको छ । भोल्कपार्कस्टेशन स्टेडियममा भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पराजित गर्दे फ्रान्सले सेमिफाइनलको यात्रा तय गरेको हो ।निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।पोर्चुगलका जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्स टाइब्रेकरमा ५-३ गोलले विजयी भएको हो। गएराति नै भएको अर्को खेलमा जर्मनीलाई उसकै घरमा पराजित गर्दै स्पेनले सेमिफाइनलमा प्रबेश गरेको छ । अब स्पेन र फ्रान्सबीच सेमिफाइनल भिड्ने छ । क्वाटरफाइनलको दुई… पुरा पढौ

खेलाडी निशिम थापाको शालिक अनावरण

पोखरा । पोखराको रंगशाला भित्र आज (बिहिबार) एक कार्यक्रम गरि स्व.निशिम थापाको शालिक अनावरण गरेको छ । पोखरा रंगशाला हाता भित्रको जग्गामा निशिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा स्व.थापाको शालिक राखेको हो । स्व.थापा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय नेपाल आर्मीको तर्फ बाट प्याराग्लाईडिङ खेलाडीका रुपमा सहभागी भएका थिए । प्रतियोगिताकै क्रममा उनको दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा फाउण्डेशनले पार्क निर्माणको लागि पहल शुरु गरेको थियो । त्यही पार्कमा बनेको शालिकलाई लिएर अहिले टिका टिप्पणी… पुरा पढौ