गण्डकी सेरोफेरो

एक दिवसीय क्रिकेट सुरु

पोखरा । पोखरामा आजबाट क्लब स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा वर्षाको कारण सांग्रिला र लेकसाइडले अंक बाडेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लबले १–१ अंक बाडेका हुन् । बिहिबार विहान खराब मौसमका कारण खेल समयमा सुरु नभएपछि ओभर घटाएर २०–२० ओभरको खेल खेलाइएको थियो । २०–२० ओभरको खेलको दोस्रो इनिङको खेल चलिरहँदा पुनः वर्षा… पुरा पढौ

हिमालय क्लबले स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने

पोखरा । पोखराको सामाजिक संस्था हिमालय क्लब बाटुलेचौरको २८औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । क्लवले विहीवार एक कार्यक्रम गरि यही कार्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी शुरु गरेको जनाएको छ । दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही दिन क्लवद्वारा संचालित स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार वितरण, सावित्री लिलाधर उत्कृष्ट कृषक पुरस्कार तथा विपन्न एकल महिला सहयोग वितरण सहित विभिन्न साँस्कृतिक कार्यक्रम गरिने क्लवका अध्यक्ष मोहनवहादुर थापाले जानकारी दिनुभयो… पुरा पढौ

पोखरामा क्लब स्तरीय वान डे क्रिकेट भोलिबाट

पोखरा । पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो । संघमा आबद्ध भएका क्लबहरुमात्र उक्त प्रतियोगितामा सहभागि कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन्द्र पुनले जानकारी दिए ।उनले जिल्ला स्तरमा प्रतियोगिता हुँदा खेलाडी विकास हुने बताए । संघले ग्रासरुटस्तरमा खेलाडी विकास गर्ने योजनाका साथ प्रतियोगिता आयोजना गरेको उनले सुनाए । उनका अनुसार प्रतियोगिता नेपाल क्रिकेट संघले आयोजना गर्ने प्रधानमन्त्री कपका… पुरा पढौ

लागू औषध सहित एक जना पक्राउ

पोखरा । पोखरामा प्रतिबन्धित लागूपदार्थ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पोखरा महानगरपालिका–१३, मियापाटनबाट लागु औषध ओसारपोसार भईरहेको छ भन्ने सुचनाका आधारमा चेकजाँच गर्दा ३७ वर्षिया अक्रम मियाँ पक्राउ परेको कास्की जिल्ला प्रहरीले जनाएको हो। प्रहरीले चेकजाँच गर्दा मियाँको साथबाट Nitrazepam Tablets Ip 10mg NITRAVET लेखिएको लागूऔषध १५० चक्की, विभिन्न कम्पनिका मोवाईल ४ थान, नगद ३६ हजार र विभिन्न बैंकका चेक सहित फेला परेको प्रहरीले बताएको छ । मियाले चलाउँदै आएको ग २४ प ५७७९ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा निजको… पुरा पढौ

पोखरा फ्री बस जोन

पोखरा । पोखरा आज फ्री बस जोन हुने भएको छ । बसमा सवार गर्दा भाडा तिरिरहनु पर्ने झन्झट कम्तिमा पनि आजको लागि टरेको छ । नेपाली हिन्दुहरुको महान चाँड बडादशैंको टिकाको दिन आज पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका, स्थानिय प्रशासन र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरामा दशैंको टिकाको दिन आज पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको… पुरा पढौ

दुर्गा मन्दिरमा क्षेत्री समाजको कलश यात्रा

पोखरा । क्षेत्री समाज नेपाल पोखरा– १६, ले धार्मिक विधी पुर्वक वडाभित्र रहेका शक्तिपिठमा कलश यात्रा सहित महाआरती गरेको छ । वाटुलेचौरमा रहेका चण्डीका, कालिका र अम्विका मन्दिरमा विहीवार फुलपातीको दिन विहान कलश यात्रा सहित शुभकामना आदान प्रदान, चियापान र साझँ महाआरती गरिएको समाजका निवर्तमान अध्यक्ष सन्दीप थापाले जानकारी दिनुभयो । विभिन्न जातजाति र समुदायको समवन्यमा चण्डीका मन्दिरवाट शुरु भएको कलश यात्रा गणेश मन्दिर, अम्विका मन्दिर,राजँपधेरा हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत भएको थियो । थापाका अनुसार… पुरा पढौ

प्रशिक्षार्थीलाई बक्सिङ सामाग्री वितरण

पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीहरुलाई बक्सिङ सामाग्री वितरण गरेको छ । पोखरा महानगरपालिका ३ को वडा कार्यालयमा संघले सोमबार एक कार्यक्रमको आयोजना गरि स्कुलमा अध्यनरत प्रशिक्षणमा भाग लिएका स- साना नानी बाबुहरुलाई खेल सामाग्री वितरण गरेको हो । संघले सञ्चालन गरेको आधारभुत बक्सिङ प्रशिक्षणमा सहभागि पोखराका विभिन्न विद्यालयका ५२ जना प्रशिक्षार्थीहरुलाई ४५ हजार बराबरको खेल सामाग्री वितरण गरेको थियो । उक्त खेल सामाग्री पोखराको नयाँ बजारस्थित भि.ए.डब्लयू. का प्रवन्ध निर्देशक सरोज श्रेष्ठले प्रायोजन गरेको संघका सचिव बुद्ध… पुरा पढौ

चापापानी सिद्धार्थ सहकारीको साधारणसभा सम्पन्न

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको पन्धौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरेका छ्न । अहिले बजारमा नाफाको पछि हिडेका सहकारीहरू जोखिममा रहेका बताउदै उनले चापापानी सहकारीको वितिय अवस्था हेर्दा निकै मजबुत रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा… पुरा पढौ

सेतीमदीको १४ औ वार्षिक साधारण सभा

पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए । कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुवेदीको… पुरा पढौ

बेलबुट्टे आदर्श बाल क्लबको शुभकामना आदानप्रदान

पोखरा । पोखरा महानगरपालिका ३२ तल्लोगगनगौंडामा कृयाशिल बेलबुट्टे आदर्श बाल क्लबले विजयादशी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आज शुुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक काममा सकृय बनिरहेको क्लबले प्रत्येक वर्ष विजयादशमी, दिपावली, छठ लगायत पर्वका अवसरमा शुुभकामना आदानप्रदान गर्दै आएकोमा यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको क्लबका अध्यक्ष सुजाता पौडेलले जानकारी दिईन । कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक रामप्रसाद तिवारीले सबै चाडपर्वका अवसरमा शुुभकामना व्यक्त गरे । सामाजिक व्यक्तित्व गुरुप्रसाद पौडेलले क्लबले आँफूलाई सिर्जनात्मक गतिविधिमा अघि बढाउनुुपर्नेमा… पुरा पढौ