गण्डकी सेरोफेरो

पाखुरीकोट ‘६’ ए साइडको उपाधी रामघाट ह्वाईटलाई

पोखरा । हस्पिटलचोकमा रहेको पैयु फुटसलमा शुक्रबार सम्पन्न भएको पाखुरीकोट ६ ए साइड फुटसलको उपाधी रामघाट ह्वाईटले उचालेको छ । रामघाटले फाइनल खेलमा इ मोन एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दे उपाधि कब्जा गरेको हो । रामघाटको जितमा अंकित गुरुङले २ गोल गरे भने टुनटुन गुरुङ र संगम दर्जीले समान १/१ गोल गरे । इमोन एफसीको तर्फबाट भने राहुल थापा र अभिषेक थापाले मात्र १/१ गोल गरे । प्रतियोगिताको विजेता रामघाट ह्वाइटले ७० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

राधाकृष्ण मन्दिरमा महाआरती

पोखरा । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ । महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गर्नुुभयो ।… पुरा पढौ

पाखुरीकोट प्रथम ‘६’ ए साइड आजबाट सुरु

पोखरा । हस्पिटलचोक पोखरामा रहेको पैयु फुटसलमा आज देखि पाखुरीकोट प्रथम ६ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । दुई दिन सम्म संंचालन हुने प्रतियोगिताको पहिलो दिन १५ खेल सम्पन्न भएको प्रतियोगिता संयोजक रन्जन गुरुङले बताए । आज भएको पहिलो उद्घाटन खेलमा एमवाईसी ले रमाईलो एफसीलाई पराजित गर्दे अर्को चरणमा प्रवेश गरेको छ ।दोस्रो खेलमा स्नेकर भल्ट खेलमा सहभागी नहुदाँ वाक ओभरको आधारमा दिप मंडल विजेता घोषित भयो । तेस्रो खेलमा इमोन एफसी विजयी भएको छ । इमोन एफसीले… पुरा पढौ

डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्तलाई

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंग बहादुर राणालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९ देखि अन्तरिक्ष यात्रीकारूपमा ब्रह्माण्ड अन्वेषणको सपना साकार पार्दै आएका दीक्षान्तलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ग्ििभलक कलेज ललितपुरमा अध्ययन गर्दै विज्ञान र गणितका विलक्षण प्रतिभा दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । संयुक्त राज्य अमेरिकाबाट पाइलट कोर्ष… पुरा पढौ

नागढुंगा आमा समूहको तीज नृत्यमा सवनम प्रथम

पोखरा । “एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले प्रथम, शान्ता बस्नेतले द्वितीय तथा सेन्सिका गिरीले तृतीय स्थान हासिल गरे । उनीहरुलाई नगद सहित पुरस्कृत गरियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य गीता चर्मकार, अर्का वडा सदस्य तथा कार्यक्रमका विशेष अतिथि भावना श्रेष्ठ, आयोजक नागढुंगा आमा समूहका… पुरा पढौ

डुम्रे स्थित एक टहरा भत्किदाँ २ घण्टा विद्धुत अवरुद्ध

शम्भ्ु श्रेष्ठ, तनहुँ । तनहुँ स्थित डुम्रे बजारमा गए राती पृथ्वीराजमार्ग नजिक रहेको एक अस्थायी टहरा भत्किएको छ । उक्त टहरामा माडे थापा र उनको श्रीमति बस्दै आएका थिए । उनीहरु घरमा नभएको समय टहराभत्किएको थियो । उनीहरु शकुसल रहेको स्थानियले जनाएको छ । अहिले पृथ्वीराजमार्ग निर्माणको क्रममा ठुला मेसिनहरु चलाउदाँ राजमार्ग नजिकका घर टहराहरु भत्किने चर्कने र कमजोर भएको सो क्षेत्रका स्थानियले बताएका छन । उक्त टहरा भत्किएको कारण करिब २ घण्टा सो क्षेत्रको विधुत अवरुद्ध भएको थियो ।… पुरा पढौ

फोटोग्राफर महिलाको तिज बालआश्रममा

पोखरा । पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो । तडकभडक रहित तिज र सबैका लागी तिज भन्ने उद्येश्यले हरेक बर्ष तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रिता पौडेल ले बताईन… पुरा पढौ

कास्कीकोटमा जन्माअष्ठमीको अवसरमा भव्य कार्यक्रम

सुजित ढुङ्गना , पोखरा । श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा मनाउदै आईरहेको पर्व यस पटक पनि भव्यरुपमा मनाएको नेपाल वृन्दाबन धामकी कोषाध्यक्ष अ्म्बिका ढुङानाले बताईन । वृन्दाबन कास्कीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा हजारौं मानिसहरुको सहभागिता रहेको ढुङानाले बताईन । यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएको आयोजकले बताएका छ्न । यो जात्रामा दहीको होली खेल्ने परम्परा अन्य स्थानमा भन्दा फरक भएको उक्त स्थानमा भएको… पुरा पढौ

नव आर्दशले ‘तिज महोत्सव’ गर्ने

पोखरा । नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले तीज महोत्सव एंव महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । नव आर्दशले मंगलबार केआईसिंह पुलमा रहेको गार्डेन रेष्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गरि भदौ १९ देखि २१ गते सम्म तीज महोत्सव एंव भलिबल प्रतियोगिता गर्ने जानकारी गराएको हो । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने समाजका प्रथम उपाध्यक्ष… पुरा पढौ

कृष्ण भजनमा ओमकार भजन समुह प्रथम

पोखरा । पोखराकाे बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समुह प्रथम भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देविस्थान भजन समुह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समुह  तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्ध्यवासिनी मावि बाटुलेचौरले   सान्त्वना स्थान प्राप्त गरेको छ। काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलिले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५० हजार, प्रमाणपत्र… पुरा पढौ