गण्डकी सेरोफेरो

युनाइटेडको तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

पोखरा । युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रममा भएको थियो ।उक्त कार्यक्रममा क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले आयोजना गरिएको हो । सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक सोँचलाई… पुरा पढौ

यातायात क्षेत्रका मजदुर तथा व्यवसायीलाई तालिम

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन यातायात क्षेत्रका मजुदर(चालक/सहचालक) तथा व्यवसायीका लागि दुुई दिने तालिम आजदेखि सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटनमैत्री वातावरणका लागि यातायात व्यवस्था राम्रो हुनुपर्नेमा जोड दिनुुभयो । यातायात व्यवस्थालाई सहज एवम् प्रभावकारी बनाउनका लागि राम्रो इन्जिनियरिङ भएको बाटो, सबारीसाधनको राम्रो इन्जिनका साथै यातायात शिक्षाको पालना आवश्यक भएकोमा उहाँले जोड दिनुुभयो ।… पुरा पढौ

स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम

पोखरा । पोखरामा आज भएको स्केटबोर्ड प्रतियोगितामा समिर भण्डारी प्रथम भएका छन । विश्व स्केटबोर्ड दिवसको अवसरमा नेपाल स्केटबोर्ड संघले आयोजना गरेको ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगितामा भण्डारी प्रथम भएका हुन । उनले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सो प्रतियोगितामा सुमित गुरुङ द्धितिय र अनिस गुरुङ तृतिय भए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्धितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।… पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: दर्शकको साथ पोखरा १२ लाई उपाधि पोखरा १३ लाई

पोखरा । आज (शुक्रबार) सम्पन्न भएको अन्तर वडास्तरीय 'हेमजा भेट्रान्स कप' २०८१ को फाइनल खेल हेर्न आएका अधिकाश दर्शक पोखरा १२ को सपोर्टमा थियो । त्यस्को बाबजुद पनि उपाधि जित्न सकेन । पोखरा १३ ले ३–० गोल अन्तरले पोखरा १२ लाई पराजित गर्दे च्याम्पियन बन्यो । खेलको ७ औं मिनेटमा १३ का नरेन्द्रजगं गुरुङले गोल गरे । उनले किपर बाट रिबाउण्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए। पोखरा १२ का नितिश श्रेष्ठले ५० औ मिनेटमा गरेको पावरफुल प्रहार सेकेण्डबारमा… पुरा पढौ

पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ जिल्ला र महिला तर्फ ६ जिल्ला गरी कूल १४ टिमको सहभागिता रहने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने… पुरा पढौ

शिवशक्तिको शिविरमा ४ सय जनाले आँखा परिक्षण गरे

पोखरा । नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा सम्पन्न निःशूल्क आँखा शिविरबाट झण्डै ४ सय जनाले आँखा परिक्षण गरेको छ । पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै… पुरा पढौ

स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन

पोखरा । स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन बनेको छ । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै स्याङजा च्याम्पियन बनेको हो ।पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९ दशमलब ३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा… पुरा पढौ

अन्तर वडा भेट्रान्सकपको फाइनलमा पोखरा १२ र १३ भिड्ने

पोखरा । हेमजा भेट्रान्स अन्तर वडा कपको फाइनलमा पोखरा १२ र १३ भिडने भएको छ । आज भएको सेमिफाइनलको पहिलो खेलमा पोखरा १० लाई ७–0 गोल अन्तरले पाखा लगाउदै पोखरा १२ ले फाइनलको ढोका खोलेको हो । पोखरा १२ का नितेश श्रेष्ठले खेलको ६ औ मिनेटमा नै गोलको खाता खोलेका थिए । उक्त खेलमा उनले ह्ेट्रिक गरे । त्यस्तै पोखरा १२ का सचिन जंग थापा,सुरज श्रेष्ठ,सन्तोष कार्की र दोस्रो हाफमा बैक्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका तिर्थ आर्चायले समान एक… पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: क्वाटरफाइनका समिकरण पुरा

पोखरा । 'हेमजा भेट्रान्स कप'मा क्वाटरफाइनलका समिकरण पुरा भएको छ । बुधबार दुई खेल सम्पन्न भए संगै क्वाटरफाइनलका समिकरण पुरा भएको हो ।आज सम्पन्न पहिलो खेलमा पोखरा १० ले आयोजक २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दे पोखरा १० सेमिफाइनलमा पुगेको हो । पोखरा १० ले १२ संग भोलि सेमिफाइनलमा भिड्ने छ । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा… पुरा पढौ

कञ्चन क्यापिटलले पाँचौं वार्षिकोत्सव मनायो

पोखरा । कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए ।बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए । कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा… पुरा पढौ