Skip to content

शिवशक्तिको शिविरमा ४ सय जनाले आँखा परिक्षण गरे

पोखरा । नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा सम्पन्न निःशूल्क आँखा शिविरबाट झण्डै ४ सय जनाले आँखा परिक्षण गरेको छ ।

पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै बढाउन आवश्यक रहेको बताए ।

हिमालय आँखा अस्पतालका निर्देशक धर्मेन्द्रकुमार घोडासैनीले विद्यालय स्तरमा आँखा सुरक्षासम्बन्धी कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेको औल्याउँदै शरिरको सबैभन्दा संवेदनशिल अंग आँखाको सुरक्षामा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा रमेशराज भण्डारी, सूर्यप्रसाद तिमिल्सिना, गोविन्द प्रसाद अधिकारी, गुरुप्रसाद तिवारी, राजकुमार गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रममा डा.प्रेरणा भण्डारी, सन्ध्या ढकाल, एलिना अधिकारी र प्रमिला पौडेलसहितको टोलिले आँखाको चेकजाँच गर्नुका साथै आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५ जनालाई निःशूल्क चस्मा वितरण गरिएको शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।

ने.यू.रे.स. शिवशक्ति मा.वि.का अध्यक्ष यूवती जि.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक शर्मिला बराल सापकोटाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *