गण्डकी सेरोफेरो

जुवातास खेलिरहेका ७ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरबाट जुवातास खेलिरहेको अवस्थामा गएराति साझ ७ जना पक्राउ परेका छन । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको ७ जनाबाट १ लाख बाह्र हजार ९० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्को कसुर अन्तरगत जुवातास खेल्न वा सट्टेबाजी गर्न नहुने सम्बन्धि मुद्धामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ । पुरा पढौ

मंसिर अन्तिम साता गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाँच प्रदर्शन गर्ने

पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो । यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन्… पुरा पढौ

कृषकहितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कृषि मन्त्री श्रेष्ठको निर्देशन

पोखरा । गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका साथ सेवामा खटिइन उनले निर्देशन दिएकी हुन् । मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१/०८२ को त्रैमासिक प्रगति समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु । कृषकहरु गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा… पुरा पढौ

ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न   

पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।  शनिबार पोखरा– २  मिरुवा स्थित सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको पोखरा – २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे ।  कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदी लगायतले सहकारीले पुर्याएको योगदानको विषयमा बोलेका थिए… पुरा पढौ

पोखरामा लागू औषध सहित चार जना पक्राउ

पोखरा । लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा सर्च गर्दा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क बस्ने वर्ष २० को कृष्ण श्रेष्ठ, म्याग्दी स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३ नदिपुरबस्ने वर्ष २५ को प्रदिप पुन, पोखरा म.न.पा. वडा नं. ४ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपाली र गणेश टोल बस्ने वर्ष १९ को सुमित परियार रहेका… पुरा पढौ

‘क्रस कन्ट्री दौड प्रतियोगिताको कात्तिक २४ गते हुने

पोखरा । ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता पर्यटनको राजधानी पोखरामा कात्तिक २४ गते हुने भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चारवटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद, युवा परिषद, नेपाल… पुरा पढौ

दाङबाट पोखरा भ्रमण आएको बस दुर्घटना

पोखरा । पोखरा महानगरपालिका २२ शान्तिस्तुपा नजिकै आज बस दुर्घटना हुदाँ २ जना घाईते भएको छ  । नव युवा क्लब दाङबाट भ्रमणका लागि पोखरा आएको रा १ ख २१०६ नं. मिनि बस पुम्दिकोटबाट छोरेपाटन तर्फ आउँ दै गर्दा दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमान पुग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए । जसमा ७ जना महिला र १७ जना पुरुष थिए । बस बाटोको छेउमा रहेको तिदुको बोटमा अड्किएको कारण ठुलो क्षेति हुन… पुरा पढौ

आमाको स्मृतिमा भोजन र अक्षयकोष स्थापना

पोखरा । अर्जुन अधिकारीले आफ्नी आमा दुर्गादेवी अधिकारीको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रमका वटुकलाई भोजन दान गर्नुभएको छ ।  आमाको ४५ औं दिनको पुण्य तिथिमा अधिकारीले त्यहाँ आवाशिय रुपमा रहेका करिव २८ जना वटुकलाई विहानको भोजन गराउनुका साथै आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । अधिकारीले अक्षयकोषका लागी नगद ५ हजार ५ सय ५५ रुपैयाँ विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सीनालाई हस्तान्तरण गर्नुभयो ।त्यस अवसरमा तिमिल्सीनाले धार्मिक कार्यमा युवाको अग्रसरता लोभ लाग्दो रहेको वताउँदै, युवा नेता अधिकारीको कार्यले समाजमा सकारात्मक सन्देश… पुरा पढौ

वान डे क्रिकेटको उपाधि राइजिङलाई

पोखरा । पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय वान डे क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले उपाधी छ । आज पोखरा रंग शालामा भएको फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन बनाउँदै उपाधि चुमेको हो । राइजिङको जितमा ओपनर अनिल गुरुङ नायक बने । उनले १०१ रनको शतकिय… पुरा पढौ

तिहारमा स्वदेशी फूलको प्रयोग गर्न कृषि मन्त्री श्रेष्ठ आग्रह

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह… पुरा पढौ