पहिरो बितण्डा : तनहुँमा पहिरोमा पुरिएर हराएको ३ जना मृत भेटिए
तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएर हराईरहेको ३ जना मृत अवस्थामा भेटिएको छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव शनिबार राती नै भेटिएको हो । सोही ठाउँका ३७ वर्षीया अनिष बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको आइतबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । सोही ठाउँमा पहिरोमा परी घाइते भएका ५ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो । सामान्य उपचार…
पुरा पढौ
पहिरोको बितण्डा : स्याङ्जामा ४ जनाको ज्यान गयो
स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका ६ मा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ । ईश्वरी लम्सालको घरमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । जसमा विरुवा गाउँपालिका ६ लामाखेतका ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ६७ वर्षीया हरिमाया शर्मा र ७१ वर्षिय माधब शर्माको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्याङ्जा कै आधीखोला गाउँपालिका ४ सेपत भन्ने ठाउँमा पर्वत फलेबास नगरपालिका १ का ४० वर्षिय झलक पौडेललाई खोलाले बगाई ल्याएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढौ
प्रदेशस्तरीय टेनिस खेल पुरा, फाइनल खेल वर्षाले प्रभावित
पोखरा । गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सम्पन्न भएको छ । यहि असार १९ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेल भने शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएको छ । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको छ । प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदिप खड्का र…
पुरा पढौ
भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत भाग लिने ह्याण्डबल टोलीको बिदाई
पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् । प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि…
पुरा पढौ
मृगौला पीडितलाई निशुल्क डायलसिस सेवा : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको…
पुरा पढौ
तायाःमचा नाच प्रतियोगिताको जिम्मा नयाँबजारलाई
पोखरा । तायाःमचा नृत्य प्रतियोगिता गर्ने जिम्मा यस पटक नयाँबजारलाई पाएकाो छ । उक्त तायाःमचा नृत्य प्रतियोगिताको विजेता हुने सबै समुहलाई नगद पुरस्कार बापतको रकम तेर्सापट्टी निवासी स्व.हेमप्रसाद श्रेष्ठ परिवारले दिने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुने भएको हो । नेवाःखल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको…
पुरा पढौ
लेकसाइडमा “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर”सुरु
पोखरा । पोखरामा “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर” सुरु भएको छ । पोखरा ६ लेकसाइडमा अवश्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा हुने शिविर ५ दिन सम्म हुनेछ ।शिविरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग केन्द्र पार्दी शाखाका प्रमुख ब्र.कु अमृत दिदीले प्रबचन दिने छिन । प्रमुख अतिथि दिपेन्द्र श्रेष्ठ रहेको उक्त शिविरमा सकारात्मक चिन्तनका लागि आत्म दर्शन एवं परमात्मा दर्शन, तनावमुक्त जीवनका लागि जीवन र जगतको रहस्य, मूल्यनिष्ठ जीवनका लागि कर्मको गहन गति, मानसिक शान्तिका लागि मानव जीवनको वास्तविक…
पुरा पढौ
वर्षाका कारण डुम्रेको जनजिवन अस्तव्यस्त पृथ्वी राजमार्गको काम ठप्प
शम्भु श्रेष्ठ/तनहुँ । नेपालमा मनसुन भित्रिए सँगै हिजो देखि परेको अबिर वर्षाका कारण डुम्रे बजारको जनजिवन अस्त व्यस्त भएको छ । पृथ्वी राजमार्ग निर्माणको काममा पनि बाधा पुगेको छ। पृथ्वी राजमार्ग चक्ल्याने कार्य धमाधम भई रहेको अवस्थामा वर्षाका कारण दुई दिन देखि काम ठप्प भएको हो । सडकका ठाउँ ठाउँमा ताल परेका कारण सवारी साधन गुडन कठिक भइरहेको छ । जसको कारण सडकमा गुड्ने साधन कम छ । पहिरोको कारण सडक अवरुद्ध नहोस भनेर पहिरो हटाउन चाइनिज कम्पनी सि.सि.सि.सि ले…
पुरा पढौ
खेलाडी निशिम थापाको शालिक अनावरण
पोखरा । पोखराको रंगशाला भित्र आज (बिहिबार) एक कार्यक्रम गरि स्व.निशिम थापाको शालिक अनावरण गरेको छ । पोखरा रंगशाला हाता भित्रको जग्गामा निशिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा स्व.थापाको शालिक राखेको हो । स्व.थापा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय नेपाल आर्मीको तर्फ बाट प्याराग्लाईडिङ खेलाडीका रुपमा सहभागी भएका थिए । प्रतियोगिताकै क्रममा उनको दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा फाउण्डेशनले पार्क निर्माणको लागि पहल शुरु गरेको थियो । त्यही पार्कमा बनेको शालिकलाई लिएर अहिले टिका टिप्पणी…
पुरा पढौ
संविधान संशोधन गर्नको लागि सरकार परिवर्तन गरेका हौ : पूर्वमुख्यमन्त्री अधिकारी
पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताएका छन । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताए । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उनको दावी छ । ’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त…
पुरा पढौ