गण्डकी सेरोफेरो

पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ जिल्ला र महिला तर्फ ६ जिल्ला गरी कूल १४ टिमको सहभागिता रहने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने… पुरा पढौ

शिवशक्तिको शिविरमा ४ सय जनाले आँखा परिक्षण गरे

पोखरा । नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा सम्पन्न निःशूल्क आँखा शिविरबाट झण्डै ४ सय जनाले आँखा परिक्षण गरेको छ । पोखरा ११ स्थित नेपाल यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. को आयोजनामा बुधबार विद्यालयमा भएको शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका हुन् । कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्मचार्यले उद्घाटन गरे । उनले शारीरिक स्वस्थता मानिसको आवश्यकता रहेको बताए । उनले आँखाको नानी जीवनको केन्द्र रहेको बताउँदै आँखा सुरक्षासम्बन्धी सचेतना विद्यालय तहबाटै… पुरा पढौ

स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन

पोखरा । स्याङजा गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट च्याम्पियन बनेको छ । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै स्याङजा च्याम्पियन बनेको हो ।पोखरा रंगशालामा बिहिबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९ दशमलब ३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङजा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतीमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा… पुरा पढौ

अन्तर वडा भेट्रान्सकपको फाइनलमा पोखरा १२ र १३ भिड्ने

पोखरा । हेमजा भेट्रान्स अन्तर वडा कपको फाइनलमा पोखरा १२ र १३ भिडने भएको छ । आज भएको सेमिफाइनलको पहिलो खेलमा पोखरा १० लाई ७–0 गोल अन्तरले पाखा लगाउदै पोखरा १२ ले फाइनलको ढोका खोलेको हो । पोखरा १२ का नितेश श्रेष्ठले खेलको ६ औ मिनेटमा नै गोलको खाता खोलेका थिए । उक्त खेलमा उनले ह्ेट्रिक गरे । त्यस्तै पोखरा १२ का सचिन जंग थापा,सुरज श्रेष्ठ,सन्तोष कार्की र दोस्रो हाफमा बैक्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका तिर्थ आर्चायले समान एक… पुरा पढौ

‘हेमजा भेट्रान्स कप’: क्वाटरफाइनका समिकरण पुरा

पोखरा । 'हेमजा भेट्रान्स कप'मा क्वाटरफाइनलका समिकरण पुरा भएको छ । बुधबार दुई खेल सम्पन्न भए संगै क्वाटरफाइनलका समिकरण पुरा भएको हो ।आज सम्पन्न पहिलो खेलमा पोखरा १० ले आयोजक २५ लाई पराजित गर्दे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोल रहित बराबरी भए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दे पोखरा १० सेमिफाइनलमा पुगेको हो । पोखरा १० ले १२ संग भोलि सेमिफाइनलमा भिड्ने छ । त्यस्तै आज नै भएको दोस्रो खेलमा पोखरा… पुरा पढौ

कञ्चन क्यापिटलले पाँचौं वार्षिकोत्सव मनायो

पोखरा । कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले जानकारी दिए । मानव जीवन रक्षाका निम्ति रक्तदान प्राथमिकतामा परेको उनले बताए ।बुधबार सम्मान, पुरस्कारसहित वार्षिकोत्सवको मुख्य कार्यक्रम रहेको अध्यक्ष गुभाजुले बताए । कार्यक्रममा ‘कृष्णमान स्मृति उत्कृष्ट कर्मचारी–२०८१’ बाट मञ्जु भण्डारी र निर्मला गुरुङ श्रेष्ठ पुरस्कृत भएका थिए । प्रालिमा… पुरा पढौ

फेवाको ‘थ्री टि एमआरआई’ सेवा शुरु

पोखरा । पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टि एमआरआई’ उपकरणबाट सेवा दिन शुरु गरेको छ । फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टि एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो । थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेको र रोगको अवस्था पहिचान गर्न सजिलो हुने सेन्टरका अध्यक्ष डा मदन थापाले जानकारी दिए । उनले अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मसिन सबैभन्दा शक्तिशाली हो । शरीरको आन्तरिक भागको तस्वीर हेर्न एमआरआई गर्ने प्रयोग गर्ने गरिन्छ । यसका लागि… पुरा पढौ

विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताउनुभएको छ । दलित महिला संघ ९फेडो० ले मंगलबार पोखरामा आयोजना गरेको दलित महिलाको सशक्तिकरण र समावेशीकरणका सवाल विषयक प्रदेश स्तरीय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘जातीय विभेद तथा छुवाछुत, लैंगिक र वर्गीय विभेदको दोहोरो शोषणमा पारिएका दलित महिलाहरुलाई संगठित, सचेतीकरण र सशक्तिकरण गर्दै उनीहरुको हक अधिकार स्थापित गर्न जरुरी छ । यसैका लागि क्रियाशील फेडोलाई आभार व्यक्त गर्दछु।’ प्रदेश प्रमुख… पुरा पढौ

हक्की प्रतियोगिताको तयारी पुरा

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेश स्तरीय अन्तर जिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्पको मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको हक्की टिम बनाईने थापाले बताए । अर्को वर्ष कर्णाली प्रदेशको सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद आयोजना… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट ः उपाधीको लागि स्याङजा र कास्की भिड्ने

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजा र कास्की भिड्ने भएको छ स्याङजा समुह बीको विजेता र कास्की समुह ‘ए’ को समुह विजेता बन्दै फाइनलमा पुगेको हो ।यी दुबै टोली भोली बिहिबार पोखरा रंगशालाको क्रिकेट मैदानम हुने फाइनल खेलमा आमने सामने हुने छ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गरी स्याङजा फाइनल प्रवेश गरेको छ । फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा… पुरा पढौ