राष्ट्रिय भूमिअधिकार मञ्चद्धारा विपन्न परिवारलाई सहयोग
पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च कास्कीले पोखरा गाइघाट निवासी एक विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।आइतबार पोखरा महानगरपालिका वडा नं. ६, वैदाम, गाइघाट निवासी सुर्य परियारको स्वर्गारोहण भएको तेश्रो दिनको पुण्यतिथिमा थप सहयोग पुगोस् भन्ने उद्धेश्यले उनको निवासमा पुगी मञ्चले पाँच हजार आर्थिक सहयोग गरेको जिल्ला मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङले वताए भगवती दमन रनपालका ३ छोरा, २ छोरी मध्ये २४ बर्षिय स्वर्गिय सुर्य परियार माहिला सन्तान हुन । मञ्चका केन्द्रिय सदस्य कन्या गुरुङ, गण्डकी प्रदेश अध्यक्ष राम…
पुरा पढौ
पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई
पोखरा । पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो । मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते । मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट रनर…
पुरा पढौ
फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ
पोखरा । फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ । करिव २ सय जना फोटोग्राफरहरु सहभागी रहेको प्रतियोगितामा करिव एघार…
पुरा पढौ
जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछःप्रदेश प्रमुख भट्ट
पोखरा । राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरिएको छ । आयोगका सदस्य एवं प्रवक्ता सुन्दुर पुर्कुटीले आइतबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गरिएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०८०÷८१ को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले जातीय समस्यालाई ती समुदायको मात्र समस्याको रूपमा नलिई साझा समस्याका रूपमा लिनुपर्ने बताउनुभयो । दलित समुदायको हक, अधिकार र समानताका लागि राष्ट्रिय दलित आयोगले…
पुरा पढौ
कविता गाउँलाई आठ आना जग्गा प्राप्त
पोखरा । कविता गाउँ लुम्ले समितिलाई समाजसेवी रामजीप्रसाद देवकोटाबाट जग्गा दान प्राप्त भएको छ । देवकोटा अन्नपूर्ण गाउँपालिका–६ लुम्ले निवासी हरिदत्त देवकोटाका कान्छा सुपुत्र हुन् । उनले छेउघर चौतारामुनीको आठ आना जग्गा समितिलाई दान गरेका हुन् । समितिले शनिवार लब्धप्रतिष्ठित व्यक्तित्वसहितको भेला बीच जग्गादातालाई धन्यवाद ज्ञापन गर्दै जग्गामा ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्र निर्माणको गुरुयोजना बनाएर अगाडि बढ्ने समितिका अध्यक्ष भरत देवकोटाले जानकारी गराए । जग्गादाता रामजीप्रसाद देवकोटाले कविता गाउँ लुम्लेमा पर्याप्त सम्भावना भएर पनि त्यसको सदुपयोग गर्न नसकिएको अवस्थामा सबै…
पुरा पढौ
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोडः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताउनुभएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले सरकारले चालु बजेटमा आईसीटी क्षेत्रलाई प्राथमिकता दिँदै पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको उल्लेख गर्नुभयो । २०६५ सालदेखि निरन्तर क्रियाशील क्यान कास्कीले सूचना प्रविधि क्षेत्रमा कार्य गर्दै आइरहेकोमा खुशी व्यक्त गर्दै उहाँले नवीनतम प्रविधि तथा आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘सूचना…
पुरा पढौ
मर्दीखोला प्रतिष्ठानद्वारा ८ लाख बढीको शैक्षिक सामग्री वितरण
कास्की । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा ८ लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरी ९ विद्यालयलाई कम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा पुस्तकलगाएतको शैक्षिक सामग्री वितरण गरेको छ । जसमा निष्पक्ष मावि हुम्दी र उदय मावि धम्पुसलाई विज्ञान सामाग्री, प्रगतिशिल मावि सल्यान, सृजना सामुदायिक मावि सिमपाली र शुक्लागण्डकी मावि भलावटलाई कम्प्युटर प्रदान…
पुरा पढौ
बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे ५, रिभान स्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले बाल अधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको उल्लेख गर्नुभयो । संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको बताउँदै उहाँले असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार…
पुरा पढौ
आइटी पढ्नेलाई पोखरा-१२ ले इन्टरनेट नि:शुल्क गर्दिने
पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ ले आइटी पढ्ने विद्यार्थीका लागि ईन्टरनेट नि:शुल्क गर्ने भएको छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा ईन्टरनेटको सुविधा उपलब्ध गराएको हो । ईन्टरनेटको सुविधा प्राप्त भएपछि पढाईमा सहज हुनुका साथै अविभावकलाई आर्थिक भार समेत कम भएकोमा विद्दार्थीहरु दंग भएको एक विद्दार्थी प्रज्वल बास्तोलाले बताए । अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ…
पुरा पढौ
जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो, मन्त्री थापाद्वारा निरिक्षण
पोखरा । जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री थापाले बताएका छन् । “कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको संरक्षणमा…
पुरा पढौ