राष्ट्रिय भूमिअधिकार मञ्चद्धारा विपन्न परिवारलाई सहयोग

santan ads

पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च कास्कीले पोखरा गाइघाट निवासी एक विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
आइतबार पोखरा महानगरपालिका वडा नं. ६, वैदाम, गाइघाट निवासी सुर्य परियारको स्वर्गारोहण भएको तेश्रो दिनको पुण्यतिथिमा थप सहयोग पुगोस् भन्ने उद्धेश्यले उनको निवासमा पुगी मञ्चले पाँच हजार आर्थिक सहयोग गरेको जिल्ला मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङले वताए

भगवती दमन रनपालका ३ छोरा, २ छोरी मध्ये २४ बर्षिय स्वर्गिय सुर्य परियार माहिला सन्तान हुन । मञ्चका केन्द्रिय सदस्य कन्या गुरुङ, गण्डकी प्रदेश अध्यक्ष राम बहादुर लामिछाने, कास्की जिल्ला अध्यक्ष प्रेम बहादुर गुरुङ सहित जिल्ला, नगर र टोल मञ्चका पदाधिकारीहरुले समवेदना व्यक्त गरेका थिए ।

Scroll to Top