कास्की

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस २०८१ को अवसरमा “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका ” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयहरुका कक्षा ८,९र १० का २९ विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा जनप्रकाश मा विकी अनुसा काफ्ले दास्रो डायमण्ड कै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल… पुरा पढौ

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

पोखरा । गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जितेको हो । उपाधि हात पारे सङै बागलुङले नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको छ । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन्… पुरा पढौ

निजी क्षेत्रको समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा  

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।  “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै सरकार हातेमालो… पुरा पढौ

बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान (आगलागी भएको तस्विर सहित)

पोखरा । बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगजनी गरेको अभियोग लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।  पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशअनुसार शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। साउन १६ गते बिहान पोखरा–६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लागेको थियो। अनुसन्धानमा उनीहरूले नै बीमावापतको रकम… पुरा पढौ

‘थ्री भर्सेस थ्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट पोखरामा

पोखरा । पोखरामा शनिबार र आइतबार ‘थ्री भर्सेस थ्र्री’ आइ.एस.एफ.ए वल्र्डकपको छनोट खेल हुँदैछ । पोखरामा हुने यो प्रतियोगिताका उत्कृष्ट चार टिमले काठमाडौंमा हुने राष्ट्रिय छनोट खेल्न पाउने पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा २८ वटाभन्दा बढी टिम सहभागी हुने अनुमान छ । उत्कृष्ट ४ टिमले राष्ट्रिय छनोट खेल्ने अवसर र त्यसमध्येका २ टिमले नगद पुरस्कार पाउने छन् । विजेता टिमले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रूपैयाँ पुरस्कार पाउने इभेन्ट… पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट

पोखरा । पोखरामा भईरहेको दोस्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । निःशुल्क प्रवेशको व्यवस्था रहेको फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट मावि, कुमुदिनी… पुरा पढौ

पाखुरीकोट ‘६’ ए साइडको उपाधी रामघाट ह्वाईटलाई

पोखरा । हस्पिटलचोकमा रहेको पैयु फुटसलमा शुक्रबार सम्पन्न भएको पाखुरीकोट ६ ए साइड फुटसलको उपाधी रामघाट ह्वाईटले उचालेको छ । रामघाटले फाइनल खेलमा इ मोन एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दे उपाधि कब्जा गरेको हो । रामघाटको जितमा अंकित गुरुङले २ गोल गरे भने टुनटुन गुरुङ र संगम दर्जीले समान १/१ गोल गरे । इमोन एफसीको तर्फबाट भने राहुल थापा र अभिषेक थापाले मात्र १/१ गोल गरे । प्रतियोगिताको विजेता रामघाट ह्वाइटले ७० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

राधाकृष्ण मन्दिरमा महाआरती

पोखरा । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो । विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ । महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गर्नुुभयो ।… पुरा पढौ

पाखुरीकोट प्रथम ‘६’ ए साइड आजबाट सुरु

पोखरा । हस्पिटलचोक पोखरामा रहेको पैयु फुटसलमा आज देखि पाखुरीकोट प्रथम ६ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । दुई दिन सम्म संंचालन हुने प्रतियोगिताको पहिलो दिन १५ खेल सम्पन्न भएको प्रतियोगिता संयोजक रन्जन गुरुङले बताए । आज भएको पहिलो उद्घाटन खेलमा एमवाईसी ले रमाईलो एफसीलाई पराजित गर्दे अर्को चरणमा प्रवेश गरेको छ ।दोस्रो खेलमा स्नेकर भल्ट खेलमा सहभागी नहुदाँ वाक ओभरको आधारमा दिप मंडल विजेता घोषित भयो । तेस्रो खेलमा इमोन एफसी विजयी भएको छ । इमोन एफसीले… पुरा पढौ

डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्तलाई

पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंग बहादुर राणालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९ देखि अन्तरिक्ष यात्रीकारूपमा ब्रह्माण्ड अन्वेषणको सपना साकार पार्दै आएका दीक्षान्तलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ग्ििभलक कलेज ललितपुरमा अध्ययन गर्दै विज्ञान र गणितका विलक्षण प्रतिभा दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । संयुक्त राज्य अमेरिकाबाट पाइलट कोर्ष… पुरा पढौ