कास्की

जनजाति पत्रकारको लागि पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा कार्यालय गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग भनेर चिनिने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न यस्तो खालको कार्यक्रमले सहयोग पु¥याउने बताए । पत्रकारिता पेसामा आफ्नो भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न पत्रकार हिच्किचाउन नहुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी छ ।’ पत्रकारिता… पुरा पढौ

सेलवेजको विरौटा र प्रस्याङमा शाखा विस्तार

पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा विस्तार गरेर सेवा दिदै आएको सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेको छ । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै… पुरा पढौ

पोखरामा सारथीले ‘कोशेली घर’ सञ्चालनमा ल्याउने

पोखरा । सारथी केन्द्रले पोखरामा 'कोशेली घर' सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो । कोशेलीघरमा स्थानियस्तर मा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास श्रेष्ठले जानकारी दिनुभएको छ । कोशेलीघर सञ्चालनका लागि अहिले उत्पादनका नमुना संकलन कार्य हुँदैछ । शुक्रबार असार १४ गते सारथी केन्द्रको कार्यलय नदिपुरमा विहान ११ बजेदेखि दिंउसो १ बजे सम्म उत्पादनको नमुना संकलन गरिने छ । साना उद्यमीहरुलाई आफ्नो उत्पादन सहित बिटुबि कार्यक्रममा… पुरा पढौ

कास्कीले उचाल्यो कबड्डीको उपाधि

पोखरा । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि उचालेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि उचालेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतिय हुने दुई… पुरा पढौ

निरमाया दोहोरी २० वर्षमा प्रवेश

पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए ।उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ । सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य नियुक्त

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्य नियुक्त भएका छन । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएर आएका हुन । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । परिषदको संगठन… पुरा पढौ

‘युवालाई नेतृत्वमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे । “युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास… पुरा पढौ

नेपाल आर्मी क्लब पुरुष हक्की च्याम्पियन

पोखरा। नेपाल आर्मी क्लब गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा च्याम्पियन बनेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे ।… पुरा पढौ

पोखरा पर्यटन परिषदले हिले खेलकुद प्रतियोगिता गर्ने

पोखरा । पोखरा पर्यटन परिषदको आयोजनामा हिले खेलकुद प्रतियोगिता गर्ने भएको छ ।१९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो । परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सव संयोजक तारानाथ पहरीले जानकारी दिएको हो । उक्त हिले प्रतियोगितामा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने छ । रस्सा कसी… पुरा पढौ

पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

पोखरा । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए । नेपाल प्रेस… पुरा पढौ