फोनिज रजत वर्षमा पत्रकार बिच भलिबल र छेलो प्रतियोगिता

-


     नयाँ लिपि    
     श्रावण २४ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता गरेको  छ । 

फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भयो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई सुम्पेको हो ।

विजेता बनेको मञ्चको टिमले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भने, फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।

महिलातर्फको खेलमा फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई २५–२१  र २५–२० को सोझो सेटमा पराजित ग¥यो । 

भेट्रान्सतर्फको खेलमा पनि आयोजकको टिमले पत्रकार महासंघको टोलीलाई २५–१६ र २५–१४ को सेटले हरायो ।

दुवै विधामा विजेता बनेको फोनिजको टिमले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने, उपविजेता भएको पत्रकार महासंघको टिमले मेडल र प्रमाणपत्र पायो ।

प्रतियोगिता अन्तर्गत भएको छेलो प्रतियोगितामा पुरुषतर्फ अशोक थापा प्रथम बने । विजेता थापाले नगद रु २ हजारसहित फेटा र मेडल प्राप्त गरे ।

महिलातर्फ प्रियंका गर्बुजा मगर प्रथम बनिन् । उनले पनि नगद रु २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् ।

प्रतियोगिताको उद्घाटनपछि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पत्रकारितको माध्यमबाट समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्ने बताए । ‘खेलकुदको अनुशासन र पत्रकारितको सचेतनालाई सँगै राखेर समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा राष्ट्र नै अनुशासित हुन्छ अनि कर्तव्यनिष्ट र जवाफदेही बन्छ ।’ प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश भित्रका खेल क्षेत्रको विकास लागि तल्लिन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए ।