कास्की

सहाराले एनएसजेफ गण्डकीको अक्षयकोषमा ५१ हजार सहयोग

पोखरा । एनएसजेफ (नेपाल खेलकुद पत्रकार मञ्च) गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा पोखराको सहारा क्लवले सहयोग गरेको छ । सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त सहयोग रकम बराबरको चेक मञ्चलाई हस्तान्तरण गरेको हो । प्रमुख अतिथी गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नु भएको हो । यस अघि मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार… पुरा पढौ

बाल दिवसमा १०० जनाको स्वास्थ्य परीक्षण

पोखरा । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गराएका थिए । बिकलागं मित्र समुह÷अपांग बाल अस्पताल तथा पुूर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा जन्मजात खुुट्टााको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुुलो र कमजोर भएको, जोर्नीहरु दुुख्ने र… पुरा पढौ

पलेशालाई पोखरामा सम्मान गर्नेको ओईरो

पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गर्ने संस्थाको ओईरो लागेको छ ।  पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई आज (आईतबार) पोखराको रङशालामा एक कार्यक्रम बिच विभिन्न संघ संस्थाले नगद सहित सम्मान गरेको हो ।   गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको संयूक्त आयोजना भएको सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाले २ लाख २२ हजार २ सय २२ नगद  सहित सम्मान पत्रले सम्मान गरेको हो ।  नेपाली खेलदुद… पुरा पढौ

एमसीएल ३ का लागि खेलाडीहरुको खरिद सुरु

पोखरा । पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा माछापुच्छ«े क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आबद्द गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि १० हजार सम्मको मुल्य लगाएर खरिद गरे । प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । जसमा इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स,… पुरा पढौ

विद्यालय स्तरिय ब्याडमिन्टन च्याम्पियन मैत्रिय पाठशाला

पोखरा । पोखराको रंगशालामा शुक्रबार देखि सुरु स्व.इन्द्र बहादुर गुरुङ स्मृति विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा मैत्रिय पाठशाला च्याम्पियन बनेको छ । सम्पन्न खेलमा १२ अकं बटुल्दै मैत्रिय पाठशाला च्याम्पियन बनेको हो । ११ अकं सहित मदरल्याण्ड दोस्रो र १० अकं बटुल्दै प्रतिभा बोडिङ स्कुल तेस्रोे भए । शनिबार सम्पन्न भएको खेलमा कक्षा १ देखि ५ सम्मका छात्र सिंगल तर्फ मैत्रिय पाठशालाका मिजास उदास प्रथम,मैत्रिय पाठशाला कै प्रसिद दुरा द्धितिय,सेन्ट फ्रान्सिसका उज्वल थापा र न्यूमिलिनियमका साइमन भण्डारी तृतिय भए । छात्रा… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा : कोइराला

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध चयन भएका छन् । शुक्रबार सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि… पुरा पढौ

पोखरामा विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

पोखरा । पोखरामा शुक्रबार देखि दुई दिने २० औ इन्द्र बहादुर गुरुङ मेमोरियल विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि पोखराको रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १ सय ९५ विद्यार्थीहरुले सहभागिता जनाएको छ । खेलको विकास तथा विस्तार गर्ने,स्कुलका विद्यार्थीहरुमा ब्याटमिन्टन खेल प्रति रुचि जगाउने,राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट… पुरा पढौ

सामसुङ कम्पनीको मोबाईल बिक्रि बन्द

पोखरा । गण्डकी प्रदेशमा सामसुङ मोबाइल बिक्रि बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारिक बिक्रेता सामसुङ आइएमएसले कमिशन कम दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् । नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष उदय बहादुर केसी (लाहुरे दाई) ले सामसुङले व्यवसायीलाई नाफा कम दिएका कारण आफुहरुले विरोध स्वरुप मोबाइल विक्रिमा बन्द गरेको बताए । ‘हाम्रो माग १० प्रतिशत सम्म नाफा दिनुपर्छ भन्ने छ । सुदुरपश्चिममा भएको सामसुङ मिटमा हामी सामसुङ व्यवसायीहरुले माग राख्न खोज्दा… पुरा पढौ

गण्डकीमा ‘बालबालिकासँग मुख्यमन्त्री’ पब्लिक फोकेले प्रत्यक्ष प्रशारण गर्ने

पोखरा । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला… पुरा पढौ

परिणाम आजको आवश्यकता : कृषि मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर… पुरा पढौ